नयाँ रुटबाट अमेरिका छिर्न ६५ लाखसम्म खर्चँदै नेपाली

usa-768x432१८ चैत, काठमाडौं । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् ।

नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेशगर्ने नेपालीको संख्या बढेको छ । ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि ‘अन अराइभल’ भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन् ।

 

‘मलाई काठमाडौंबाट दोहा (कतार), लन्डन (बेलायत), निकारागुवा, हेन्डुरस, एल साल्भाडर, ग्वाटेमाला मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्,’ अमेरिका प्रवेश गर्नकै लागि तस्करलाई ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा (नाम परिवर्तन) ले अमेरिकाबाट भाइबरमा भने, ‘यहाँ (अमेरिका) आपुग्दासम्मको दुःख सम्झँदा त किन आइएछ जस्तो लाग्छ ।’

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सीको सीमाबाट अमेरिका छिरेका हुन् । अघिल्लो साता अमेरिका पुगेका शर्माले ‘तस्करले अमेरिका छिराइदिएबापत एक नेपालीसँग ५० देखि ६५ लाखसम्म उठाउने गरेको’ जानकारी दिए । यसरी जाने ल्याटिन अमेरिकी राष्ट्रको थुप्रै रहेको उनको भनाइ छ ।

यसअघि तस्करले नेपालीलाई काठमाडौंबाट कतार, ब्राजिल, बोलिभिया, पेरु,इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै १३ मुलुक पार गराएर अमेरिका प्रवेश गराउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका