नयाँ रुटबाट अमेरिका छिर्न ६५ लाखसम्म खर्चँदै नेपाली

usa-768x432१८ चैत, काठमाडौं । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् ।

नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेशगर्ने नेपालीको संख्या बढेको छ । ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि ‘अन अराइभल’ भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन् ।

 

‘मलाई काठमाडौंबाट दोहा (कतार), लन्डन (बेलायत), निकारागुवा, हेन्डुरस, एल साल्भाडर, ग्वाटेमाला मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्,’ अमेरिका प्रवेश गर्नकै लागि तस्करलाई ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा (नाम परिवर्तन) ले अमेरिकाबाट भाइबरमा भने, ‘यहाँ (अमेरिका) आपुग्दासम्मको दुःख सम्झँदा त किन आइएछ जस्तो लाग्छ ।’

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सीको सीमाबाट अमेरिका छिरेका हुन् । अघिल्लो साता अमेरिका पुगेका शर्माले ‘तस्करले अमेरिका छिराइदिएबापत एक नेपालीसँग ५० देखि ६५ लाखसम्म उठाउने गरेको’ जानकारी दिए । यसरी जाने ल्याटिन अमेरिकी राष्ट्रको थुप्रै रहेको उनको भनाइ छ ।

यसअघि तस्करले नेपालीलाई काठमाडौंबाट कतार, ब्राजिल, बोलिभिया, पेरु,इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै १३ मुलुक पार गराएर अमेरिका प्रवेश गराउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र