काठमाडौं — राजधानीका चिल्ला सडकमा सररर गुड्ने नेपालीका सपना त रहरमै सीमित भएका छन् । विकसित देशका ठूला शहरमा झण्डै २२ प्रतिशत हिस्सा सडकले ओगट्छ । तर नेपालमा चाहिँ १० प्रतिशत भूभाग पनि बाटोले ओगटेको छैन ।
यसबाटै स्पष्ट थाहा हुन्छ, यहाँका सडक अत्यन्तै साँघुरो छन् । सडक जाम भइरहन्छ । अझ कहिले सडक विस्तारको नाममा, कहिले मेलम्चीको पानीको नाममा त कहिले फाइबर तारको नाममा हरेक दिन काठमाडौंको बाटो ध्वस्त पार्ने काम हुन्छ तर आफ्नो काम सकिएपछि कुनै पनि निकायले बाटोको मर्मत गर्दैनन् ।
आजभोलि मौसमको ताल पनि सडककै जस्तो छ । कहिले घाम लाग्छ, कहिले पानी पर्छ । तर समस्या चाहिँ सर्वसाधारणले बेहोर्नुपर्छ । घाम लाग्ने बित्तिकै बुङ्बुङी धुलो उड्छ । पानी पर्नेबित्तिकै सडकका खाल्डाखुल्डी तालतलैयामा परिणत हुन्छन् ।
सम्बन्धित निकायहरू काम भइरहेकोले यस्तो समस्या हुने बताउँछन् तर सर्वसाधारणले समस्या चाहिँ झेलिरहनुपरेको छ । समस्या समाधानको लागि कोही पनि जिम्मेवार देखिँदैनन् ।
यो काठमाडौंको चावहिल मित्रपार्क आसपासको सडकको अवस्था हो । काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन सडकका छेउकुना खन्न थालेपछि सर्वसाधारण पानी आउनुभन्दा दुई वर्षअघिदेखि नै धूलोधूवाँ खाइरहेका छन् । मेलम्चीले बाटो खन्छ, पाइप बिछ्याउँछ तर पाइप बिछ्याएपछि पुर्ने, सम्याउने काम गर्दैनन् ।
यसरी मेलम्चीको पानीको बहानाले काठमाडौंका धेरै ठाउँमा सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ । यही समस्याको कारणले राजधानीमा सडक दुर्घटनाको संख्या बढेको छ भने सर्वसाधारणको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेको छ ।
सडकमा बिछ्याइएको पिच पनि निकै कमजोर छ, उप्किइरहन्छ । त्यही ठाउँमा पानी परेपछि सडक हिलैहिलो बनेको छ । मोटरसाइकल लिएर हुरुरु कुद्नेहरू साँझ घर फर्किंदा रोपाइँ गरेर आएजस्तै हुन्छन् । सर्वसाधारणलाई बाटो काट्नधरी समस्या छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक