सरकार, राजधानीका सडकमा धान रोप्ने, कि ?

Hilamme-sadak-300x225काठमाडौं — राजधानीका चिल्ला सडकमा सररर गुड्ने नेपालीका सपना त रहरमै सीमित भएका छन् । विकसित देशका ठूला शहरमा झण्डै २२ प्रतिशत हिस्सा सडकले ओगट्छ । तर नेपालमा चाहिँ १० प्रतिशत भूभाग पनि बाटोले ओगटेको छैन ।

यसबाटै स्पष्ट थाहा हुन्छ, यहाँका सडक अत्यन्तै साँघुरो छन् । सडक जाम भइरहन्छ । अझ कहिले सडक विस्तारको नाममा, कहिले मेलम्चीको पानीको नाममा त कहिले फाइबर तारको नाममा हरेक दिन काठमाडौंको बाटो ध्वस्त पार्ने काम हुन्छ तर आफ्नो काम सकिएपछि कुनै पनि निकायले बाटोको मर्मत गर्दैनन् ।

आजभोलि मौसमको ताल पनि सडककै जस्तो छ । कहिले घाम लाग्छ, कहिले पानी पर्छ । तर समस्या चाहिँ सर्वसाधारणले बेहोर्नुपर्छ । घाम लाग्ने बित्तिकै बुङ्बुङी धुलो उड्छ । पानी पर्नेबित्तिकै सडकका खाल्डाखुल्डी तालतलैयामा परिणत हुन्छन् ।

सम्बन्धित निकायहरू काम भइरहेकोले यस्तो समस्या हुने बताउँछन् तर सर्वसाधारणले समस्या चाहिँ झेलिरहनुपरेको छ । समस्या समाधानको लागि कोही पनि जिम्मेवार देखिँदैनन् ।

यो काठमाडौंको चावहिल मित्रपार्क आसपासको सडकको अवस्था हो । काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन सडकका छेउकुना खन्न थालेपछि सर्वसाधारण पानी आउनुभन्दा दुई वर्षअघिदेखि नै धूलोधूवाँ खाइरहेका छन् । मेलम्चीले बाटो खन्छ, पाइप बिछ्याउँछ तर पाइप बिछ्याएपछि पुर्ने, सम्याउने काम गर्दैनन् ।

यसरी मेलम्चीको पानीको बहानाले काठमाडौंका धेरै ठाउँमा सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ । यही समस्याको कारणले राजधानीमा सडक दुर्घटनाको संख्या बढेको छ भने सर्वसाधारणको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेको छ ।

सडकमा बिछ्याइएको पिच पनि निकै कमजोर छ, उप्किइरहन्छ । त्यही ठाउँमा पानी परेपछि सडक हिलैहिलो बनेको छ । मोटरसाइकल लिएर हुरुरु कुद्नेहरू साँझ घर फर्किंदा रोपाइँ गरेर आएजस्तै हुन्छन् । सर्वसाधारणलाई बाटो काट्नधरी समस्या छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र