March 29, 2017

झुक्यायो मौसमले, बिहान आकाश खुल्ने, साँझ पानी पर्ने

 
 बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानमा पनि फरक पर्दै आएको छ ।
मंगलबार बिहानपख खुलेको आकाश १० नबज्दै धुम्मिएको थियो । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। विभागले सोमबार गरेको पूर्वानुमानअनुसार मंगलबार केही स्थानमा छिटफुट वर्षा हुने देखिए पनि बुधबार भने ३२ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । त्यो पनि अपराह्नपछि साँझसम्मै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यो कुन ठाउँमा हुने वर्षा हो भन्ने विषयमा महाशाखा मौसमविद्हरू नै अन्योलमा परेको देखिन्छ । केही मौसमविद् यो सामान्य प्रक्रिया भएको र अहिले मौसमले नै झुक्याएको बताउँछन् । मौसमविद्का अनुसार सामान्यतः मार्च अर्थात् फागुन–चैत मेघ गर्जनसहित वर्षात् हुने मौसम भए पनि पछिल्ला वर्षमा त्यस्तो वर्षा हुन छाडेको थियो । अघिल्ला वर्षको तुलनामा यस महिनामा बढी नै वर्षात् भएको छ । ‘वर्षात् मात्र होइन, लामो समयसम्म बदली गराउने प्रणालीको विकाससमेत गराएको छ,’ वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भने, ‘मार्चको उत्तराद्र्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बदलीसँगै वर्षा भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन ।

खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ ।’ मार्च महिना बढी पानी पर्ने समय भए पनि यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा नभएको भन्दै उनले उपत्यकामा झन्डै दोब्बर वर्षा भएको बताए । सामान्यतः मार्चमा उपत्यकामा ३५ मिलिमिटर वर्षात् हुने गरेकामा मंगलबार ६५ मिलिमिटर वर्षात् भइसकेको छ । यो अझै केही दिन लम्बिने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणका कारण मौसम बदलीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।

पश्चिम बंगाल र बंगलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको असिना र वर्षा भएको छ । अर्कातर्फ वायुमण्डलका तल्लो सतहमा बंगालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ । जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए । ‘पश्चिमी वायुका साथै पूर्व र मध्य भागमा वायुमण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ,’ उनले भने, ‘तर यसको वायुमण्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानी पर्न सकिरहेको छैन ।’ यस प्रणालीले मध्य र पूर्वी भागमा असर गरे पनि पश्चिमी भागमा खासै बदली हुने देखिँदैन ।

पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बदली गराएको मौसमविद् अर्यालको भनाइ छ । उनका अनुसार पूर्वी र मध्य भेगमा अझै दुई–चार दिन बदलीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बदली रहनेछ । अहिले प्री–मनसुन पनि चलिरहेको छ । मार्च, अप्रिल र मे महिना प्री–मनसुन अवधि हुन् । जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ । मौसमविद् श्रेष्ठले लामो समयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वी भेगमा अझै दोहोरिने र यसले मेघ गर्जनसहित असिना पानी र हावाहुरी ल्याउने सम्भावना रहेको बताए । नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वी भेगमा अडिएको छ, यसको असर बंगलादेशमा पनि बढी छ

। ‘पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ । यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछि मात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिनचाहिँ अनुसन्धान नभई भन्न सकिन्न,’ मौसमविद् श्रेष्ठले भने, ‘नेपालको पूर्वी तथा मध्य भागमा अलि बढी पानी परेको देखिन्छ ।’ मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो