नेपाली फुटबल टोली फिलिपिन्स पुग्यो

 
काठमाडौं – एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली आज बिहान फिलिपिन्स पुगेको छ। त्रिभुवन विमानस्थलबाट गए राती मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुगेको हो । नेपाल र फिलिपिन्सबीच मंगलबार रिजाल रंगशालामा हुनेछ ।

Nepal
बिहान हङकङ पुगेको नेपाली टोलीका सदस्य बायाँबाट जितेन्द्र कार्की, रञ्जन विष्ट र रविन श्रेष्ठ ।hongog
कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक एसियन कप छनोट खेल्ने अवसर पाएको हो । झन्डै ५ महिनापछि नेपाली टोली मैदान उत्रने तयारीमा छ । समूह एफमा नेपाल र फिलिपिन्ससहित यमन र ताजकिस्तान रहेका छन् ।हाम्रो खेलकुद बाट साभार गरिएको

नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक– डिफेन्समा विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की
मिडफिल्ड – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ,
फरवार्ड – विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट र कर्ण लिम्बू
प्रशिक्षक टोली – प्रशिक्षक ग्यातोकी कोजी ९मुख्य० , राजुकाजी शाक्य ९प्रशिक्षक०, उज्ज्वल मानन्धर ९गोलकिपिङ प्रशिक्षक०
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र