
दाङ , तुलसीपुर , दाङमा सिँचाइ सुविधा विस्तारका लागि १८ करोड रुपैयाँ बजेट आएको छ । कृषियोग्य जमिनमा सिँचाइ समस्या रहेकाले सेवा विस्तार गर्न लागिएको सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सिँचाइ सहज नहुँदा त्यस्ता स्थानका किसान समस्यामा परेकाले यो वर्ष त्यस्ता स्थानमा सिँचाइ योजना सञ्चालन गर्ने कार्यालयले तयारी गरेको छ ।
कार्यालयका अनुसार जिल्लाका सिँचाइ योजना निर्माणमा १८ करोड १७ लाख रुपैयाँ आएको सिँचाइ डिभिजन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख श्रीधर भट्टराईले जानकारी दिए । नियमिततर्फ आठ करोड र थप बजेटमा १० करोड १७ लाख रुपैयाँ आएको छ । १० करोड बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अन्तरगत ५६ नयाँ योजना सञ्चलन हुनेछन । यसका लागि पाँच करोड ७२ लाख रुपैयाँ आएको छ । समृद्ध तराई(मधेस विशेष कार्यक्रममा ४० योजना सञ्चालनका लागि चार करोड ४५ लाख रुपैयाँ आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाका ५६ वटा वहुवर्षे योजना १० लाखदेखि २० लाखसम्मका छन् । तिनको डीपीआर गरी अपुग बजेट व्यवस्था गर्न सकिने उनले बताए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ववई गाउँपालिकाको च्याँखोला सिँचाइ योजना घोराही उपमहानगर पालिकाको गैरागाउँ सिँचाइ योजना, सुनपुर सिँचाइ योजना पञ्चकुले र हापुरे सिँचाइ योजनाको डीपीआर तयार गरी स्वीकृतका लागि विभाग पठाइएको छ ।
यसैगरी तराई(मधेश समृद्ध विशेष कार्यक्रममा सिँचाइ पोखरी निर्माणका साथै ववई नदीमा लिफ्ट सिँचाइ परियोजना सञ्चालनमा ४० योजनाका लागि चार करोड ४५ लाख बजेट प्राप्तभएको सिँचाइ डिभिजन कार्यालय दाङले बताएको छ । जिल्लाका नियमित योजनाका लागि आठ करोड बजेट आई आठवटा योजना सञ्चालनमा रहेको कार्यालयले जानकारी दिएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक