हिल्टन होटल प्रकरण स् जगदम्बा ग्रुपको यस्तो ‘बदमासी’

hiltan-hotel2-e1490490760395जगदम्बाले होटेलको जग खन्ने क्रममै पुनर्विचार नगर्दा ग्रान्ड होटेलका मालिक रामअवतार गोयललगायत अन्यको घरमा क्षति पुगेको र सडक भासिएको पाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘होटेल बनाउने क्रममा जमिन खोतल्दा नै वरिपरिको जमिन भासिएको पाइयो । पश्चिमतर्फ गोयलको घर सुरक्षित गर्न राखिएका पाइपले जमिन तथा घरको पूर्ण भार थेग्न नसकेपछि भासिएको हो, साइट प्रोटेक्सनको कुनै पनि मापदण्ड पूरा गरेको देखिएन ।’ जगदम्बाको लापरबाहीका कारण गोयलको घर अहिले भासिएर पूर्वतर्फ ढल्किएको प्रतिवेदनमा उल्लेख छ ।

होटेल निर्माण क्षेत्रवरिपरिको संवेदनशीलता, सम्पत्ति नासको परिणाम र फिल्डको अन्य अवस्था हेर्दा पश्चिमतर्फको क्षेत्र सुरक्षित गर्न दुई पक्षका विज्ञ परिचालन गर्न समितिले सुझाएको छ । क्षतिपूर्ति मूल्यांकन समितिले क्षतिको मूल्यांकन यकिन गर्न नसकेपछि विज्ञ लगाउनुपर्ने राय पेस गरेको छ । ‘जियोग्राफिकल इन्जिनियर र रेट्रोफिट डिजाइन गर्ने स्ट्रक्चरल इन्जिनियरसमेतको राय एवं दुवै पक्षको सहमति आवश्यक पर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘महानगरपालिकाका तर्फबाट निर्णय सदस्यसमेतको संलग्नता हुने गरी पुनः संयुक्त फिल्ड निरीक्षण गरेर क्षति मूल्यांकन गर्दा वास्तविक क्षतिको अवस्था प्रष्ट हुन्छ ।’

यी कुनै मापदण्ड पूरा भएनन्
– माटो परीक्षण अनिवार्य
– वातवरणीय प्रभाव मूल्यांकन
– साइट प्रोटेक्सन अनिवार्य
– फाउन्डेसन गर्दा लेभल मिलाउनुपर्ने
– सँधियारसँग अनिवार्य स्वीकृति
– निर्माण सामग्रीको टेस्ट रिपोर्ट बुझाउनुपर्ने

 

महानगरपालिकाले भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । प्रतिवेदन बुझेपछि महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले कानुन अधिकृत हरिमाया घिमिरेलाई भवन निर्माण इजाजत विभागसँग समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिएका छन् । होटेल हिल्टन निर्माणका लागि महानगरपालिकाले उपत्यका विकास प्राधिकरणसँगको समन्वयमा नक्सा पास गरेको देखिए पनि उसको दोहोरो भूमिका देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशार्थ निर्माणकार्य रोक्का पनि महानगरपालिका आफैंले गरेको छ । त्यसैगरी पुनः जगदम्बाबाट निर्माणकार्य नरोक्न आग्रह गरे पनि रोक्का फुकुवासमेत महानगरपालिका आफैंले गरेको छ । महानगरपालिकाका एक उच्च अधिकृत भन्छन्, ‘त्यति सानो क्षेत्रफलमा गगनचुम्बी होटेल बनाउन स्वीकृति दिनेक्रममा गलत मनसायबाट नक्सापास स्वीकृत गरिएको छ । यसमा ठूलै रकमको चलखेल छ ।’ हचुवाका भरमा प्लिन्थ लेभलसम्मको नक्सा पास गरेको उनले बताए ।

मापदण्ड पूरा नगरी नक्सा पास
जगदम्बाले भवन आचारसंहिताअनुरुप मापदण्ड पूरा नगरी नक्सा पास गरेको छ । भवन आचारसंहिताको दफा १४.७ मा १७ मिटर वा पाँच तलाभन्दा अग्लो भवन निर्माणमा माटो परीक्षण अनिवार्य हुन्छ । यसका लागि खानी तथा भूगर्भ विभागले माटो परीक्षण गरी निर्माणयोग्य भनेपछि मात्र अनुमति दिन सकिने प्रावधान छ ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी होटेल बनाउन सुरु गरेको जगदम्बाले महानगरपालिकाका उच्चपदस्थलाई आर्थिक प्रलोभनमा पारेर नक्सा पास गरेको हो । महानगरपालिका एक इन्जिनियरले भने, ‘यति ठूलो प्रोजेक्टमा महानगरपालिकाबाट एउटा पनि इन्जिनियरलाई खटाइएको छैन । माथिल्लो दबाब आएपछि झारो टार्ने गरी मात्रै बेलाबेलामा पठाउँदै आएका छन् ।’ उनले हिल्टनको निर्माणकार्य सुरु भएर एकैपटक बेसमेन्ट ढलान गरिसकेपछि मात्रै इन्जिनियर खटाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो