यस्तो बन्नेछ धरहरा : नक्सा बन्यो

dharadhara-e1490404386816चैत १२,धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना छ । आजको नयाँ पत्रिकामा खबर छ ।

काठमाडौं – निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ ।

कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबीले करिब सात महिना लगाएर धरहराको ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ तयार गरेको हो । जेबीले पुरातत्व विभागलाई नक्सा बुझाइसकेको छ । कम्पनीले ५९ लाख ९० हजार रुपैयाँमा नक्सा तयार पारेको हो ।

 

विभागका महानिर्देशक भेषनारायण दाहालले नक्सा अध्ययन भइरहेको बताए । ‘केही दिनअघि कन्सल्टेन्टले नक्सा पेस गरेका छन् । हामीले अध्ययन गरेर केही सुझाब दिएका छौँ,’ दाहालले भने, ‘अबको केही दिनमै नक्सा फाइनल हुनेछ ।’ कन्सल्टेन्ट कम्पनीले धरहरा निर्माण गर्न तीन अर्ब रुपैयाँ खर्च हुने प्रतिवेदन पेस गरेको विभागले जनाएको छ । विभागका अनुसार दु्रत गतिमा काम भए तीनदेखि चार वर्षभित्र निर्माण हुन सक्नेछ ।

विभागका अनुसार नेपाल टेलिकमले धरहरा निर्माण गर्नेछ । तयार भएको नक्सा पनि टेलिकमलाई हस्तान्तरणको तयारी छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गत वर्ष ५ फागुनबाट ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो ।

धरहरा ४२ रोपनी क्षेत्रफलमा बन्नेछ । नवनिर्मित धरहराले गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको क्षेत्रलाई समेत समेट्नेछ । ‘धरहरा अत्याधुनिक र भव्य बन्नेछ । यसले ओगट्ने क्षेत्र फारकिलो छ,’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘धरहरा निर्माणकै लागि गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको जग्गा पनि लिइनेछ । दुवै कार्यालयलाई यथाशक्य चाँडो सर्न भनिसकेका छौँ । उनीहरू पनि राजी भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक