आजका पत्रपत्रिकाहरुमा के छापिए त ?

patrapatrika-bimal-1-1-768x1258१२ चैत, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक अखबारहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारेका समाचारलाई आवरण पृष्ठमा स्थान दिएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शुक्रबार चिनियाँ उपप्रधानमन्त्रीसँग नेपालमा रेल सञ्चालनसँगै तातोपानी नाका सञ्चालनबारे कुराकानी गरेका थिए ।

 

यससँगै नेपालमा गरिबी निवारणका लागि भएका प्रयास र चुनौतीलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले नेपालका विभिन्न सम्पदाहरु विश्व सम्पदा सूचीबाट हट्न सक्ने जोखिम बढेको समाचारलाई महत्वका साथ छापेको छ ।

रोल्पाका नागरिकले विगतमा चुनाव बहिष्कार गरेकोप्रति पश्चाताप गरेकोलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकले स्वर्गद्वारी जीप दुर्घटनामा परिवारका सबै सदस्यको मृत्यु भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले ‘प्रधानमन्त्रीको चीन भ्रमण भद्रगोल’ भएको विश्लेषणात्मक समाचारलाई खास महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै डरल तस्करीमा प्रहरीदेखि भिक्षुणीसम्मको मिलेमतो हुने गरेको समाचारले पनि आवरण पृष्ठमा स्थान पाएको छ ।

महिला तस्करीसम्बन्धी स्टोरीलाई महत्व दिएको कान्तिपुर दैनिकले प्रधानमन्त्री चीन जाँदा कार्यबाहक प्रधानमन्त्री नतोकेपछि ‘देश कसले चलाइरहेको छ ?’ शीर्षकको समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

स्थानीय तह निर्वाचनमा नयाँ मतदाता परिचयपत्रको व्यवस्था हुने समाचार र काठमाडौंको प्रदूषणसम्बन्धी समाचारलाई राजधानी दैनिकले आवरण पृष्ठमा छापेको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सिकार गर्न अनुमति दिएकोलाई गोरखापत्र दैनिकले एंकर समाचार बनाएको छ । भत्ता लिएर तोकिएको पोसाक नलगाउँने सरकारी कर्मचारीबारेको समाचारलाई नेपाल समाचारपत्र दैनिकले आवरण पृष्ठमा स्थान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना