जेलर बेद बहादुर खरेलले कमिसन खाएर नियम कानुनको खिल्ली उडाए ।

Manraj-Gurung-12.10-2073 Center-Jail-12.11-2073-768x512चैत ११, काठमाडौं– काठमाडौंको रानीवारीमा अनाहक मारिएका ईन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अन्जना श्रेष्ठको हत्यामा संलग्न मनराज गुरुङ्गलाई केन्द्रिय कारागार जगन्नाथ देवलका जेलरले नियमविपरीत ‘आउटडोर नाईके’को सुविधा दिएको पाईएको छ ।

लामो समय गर्भमा रहेको ‘रानीबारी हत्याकाण्ड’ को रहस्य खोल्दै १२ बर्षपछि २०७१ चैतमा केन्द्रिय अनुसन्धान ब्युरोका तत्कालीन डिआईजी हेमन्त मल्लले मनराज गुरुङ्गलाई पक्राउ गरेर मुद्दा चलाएका थिए ।

जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षको लागि जगन्नाथदेवलस्थित भद्र बन्दीगृहमा रहेका गुरुङ्गलाईशुरक्षा गार्ड लिएर जेल बाहिर जाने सुविधा दिएका हुन् ।

कारागार ब्यवस्था नियमावली अनुसार मुद्दा फैसला नभएका बन्दीहरुलाई त्यस्तो सुविधान दिन मिल्दैन ।

मुद्दा फैसला भएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदिलाई चालचलन असल भएको आधारमा मात्र चौकीदार, नाईके या भाईनाईके जस्ता पदसहित आउटडोर सुविधा दिन मिल्छ । तर, पुर्पक्षमा बसेर मुद्दा खेपिरहेका गुरुङ्गलाई जेलरले आर्थिक लाभ लिएर त्यस्तो सुविधा दिएको केन्द्रिय कारागार कार्यालयका एक कर्मचारीले दावी गरे ।

आउटडोर सुविधा पाएका कैदीलाई जेलको चौघेरा भित्र जतिवेला जहाँ जान पनि खुल्ला हुन्छ भने सामान किन्ने बहानामा सुरक्षा गार्ड लिएर जेल बाहिर निस्कन पाउँछन् ।

रानीवारी हत्याकाण्ड जस्तो जघन्य अपराधमा संलग्न गुरुङ्गलाई किन नियमविपरीत आउटडोर सुविधा दिनुभएको भन्ने रातोपाटीको जिज्ञासामा जेलर बेद बहादुर खरेलले भने, ‘कसलाई रे ?, बुझेर खबर गरौंला नि !’

एक सेकेन्डअघि बुझेर खबर गरौंला भन्दै पन्छिन खोजेका खरेलले अर्को सेकेन्डमा उत्तर दिए, ‘मनराज गुरुङ्गलाई आउटडोर सुविधा दिएको छैन ।’

भद्र बन्दिगृहभित्र अहिले मनराजले २४ सै घण्टा टेलिफोन सुविधा पाउँछन्, भेटघाटमा कुनै बन्देज छैन ।

विगतमा पनि गुण्डा नाईके र पैसावालहरुले कारागारबाट यस्तो सुविधा लिने गरेको ईतिहास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग