March 23, 2017

यस्ता छन् हामी नेपाली खुशी हुने कारणहरु ।

बिँडी माग्दा सिगरेट पाईयो भने खुशी , सरकारले राहत दिए पनि नदिए पनि बर्षौ सम्म राहत दिईनेछ भन्दे मात्र खुशी happy-300x160

 देशमा राजनैतिक अस्थिरता छाएको छ । रोजगार छैन । अशान्ति छाएको छ । शिक्षा, स्वास्थ , व्यापार- व्यवसाय , सडक , खानेपानी देखि लिएर धेरै कुरा अस्तव्यस्त छन् युवाहरु पढाइका प्रमाणपत्र देशमा राखेर विदेशीरहेको अवस्था छ । कहिले बन्द, नारा-जुलुस चक्काजाम – यस्ता गतिविधिले देशमा काम गरेर खाननि असहज छ ।

छिमेकिहरुको लुछाचुढिमा परेको देश दुई ढुङ्गाको तरुल जस्तो भाछ , अाफ्नो हिसाबले बढ्न र फैलन पाउदैन् । देश दयनिय अवस्थामा गुज्रिइरहेको छ । खुशी सम्बन्धि विश्व प्रतिवेदन २०१७ का अनुसार दक्षिण एसियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको छ । यसै धोषणा पश्चात् खोटाङका गजलकार लेख् कार्कीले हामी नेपाली खुशी हुनाका कारण भन्ने एउटा व्यङ्ग्यात्मक लेख सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

हाल रोजगारिको सिलसिलामा कतारमा रहेका कार्की आफ्ना साहित्यिक रचनाका लागि मात्रै नभएर , फेसबुकमा राखिने विभिन्न लेख त स्टाटसका लागि पनि अतिनै रुचाइएका व्यक्ति हुन् । हरेक सामाजिक कुरा तथा विचारहरुलाई रमाइलो पाराले खण्डन गरि प्रस्तुत गर्ने कार्कीको खुशी सम्बन्धिको घोषणालाई यसरी व्यक्त गरेका छन् ।

लेख कार्कीको फेसबुकबाट जस्ताको तस्तै- खुशी हुने राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियामा तेश्रो भएछ । यस्तो अव्यवस्थित देशका जनता कसरी धेरै खुशी भए होलान् भनेर समाचार पढेदेखी अनुसन्धान शुरु गरेको बल्ल केही रहस्य पत्ता लगाउन सफल भैयो हेर्नुस – हामी नेपाली खुशी हुने कारण थुप्रै रहेछन् । जस्तै :- –

गाडिमा फुलभाडा तिरेर चढ्दा बस्नका लागि सिट पाईयो भने खुशी ।

– बिजुलीको बिल तिर्न जाँदा, धारामा पानी थाप्न जाँदा लाईन धेरै बेर बस्न परेन भने खुशी ।

– प्रशासनमा जाँदा कर्मचारीले घुस नखाईदिई काम गरिदिए भने खुशी ।

– कलब्रेक खेल्दा ३ हात लेखेर ५ हात खाइयो भने खुशी ।

– बाख्राले जोडि पाठा पायो भने खुशी ।

– प्लेन चढ्दा एयर होस्टेजले फोन बन्द गर्नु भन्छन् उनिहरुका आँखा छलेर झ्याल बाट बाहिरको फोटो खिच्न पाउँदा खुशी ।

– घाँस काट्न जाँदा पानी पर्यो भने काट्न परेन भनेर खुशी

– स्कुल जाँदा अलिक छुच्ची खालकी मिस स्कुल आईनन् भने खुशी ।

– एक घण्टाको बाटो हिंडेर डाँडामा पुगेपछी मोबाइलमा 3G चल्दियो भने खुशी ।

– बिँडी माग्दा सिगरेट पाईयो भने खुशी

– सरकारले राहत दिए पनि नदिए पनि बर्षौ सम्म राहत दिईनेछ भन्दे मात्र खुशी ।

– पैसा पनि पठाउने रचना पनि पठाउने अनि प्रकाशकले यति किताब बेच्नुस भनेर आफ्नै रचना बेच्न दिदा नि खुशी ।

– यति धेरै कुरा पढी सके पछि यहि स्टाटस शेयर गर्दिए पनि खुशी ।

खुशी हुने बहाना कति रछन् कति हामी नेपालीमा । खास दुनियाँमै प्रथम भको देश नर्वेको ठाउँमा हामी प्रथम हुनुपर्ने हो !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि