जयबहादुरलाई पनि ‘कुलबहादुर’ बनाइदिए प्रचण्डले, सिलवाल कटवालका नातेदार

chand-silwal-768x530काठमाडौं, ९ चैत । जयबहादुर चन्दलाई अर्को कुलबहादुर खड्का बनाइदिए उनै प्रधानमन्त्री प्रचण्डले । पुष्पकमल दाहाल नेतृत्वकै सरकारले ०६५ सालमा कुलबहादुरलाई सेनापति नियुक्तिको पत्र थमायो तर त्यो कार्यान्वयन हुन सकेन ।

संयोगवश, अहिले पनि प्रचण्ड नै प्रधानमन्त्री छन् । उनैको अध्यक्षतामा बसेको क्याबिनेट बैठकले निर्णय गरेर जयबहादुर चन्दलाई मुलुकको अर्को सुरक्षा निकाय नेपाल प्रहरीको प्रमुखमा फागुन १ गते नियुक्त गरेको हो । तर यी दुवै नियुक्ति कामलाग्दा भएनन् ।

सेनाको हकमा पहिलेको निर्णय राष्ट्रपति डा. रामवरण यादवले उल्टाइदिएर रुक्मांगद कटवाललाई सजिलो पारिदिए । अहिलेको नियुक्ति भने हिजो सर्वोच्च अदालतले बदर गरेर उनै कटवलाको छोरा सुमांगदका साढुभाइ नवराज सिलवालको निम्ति मार्गप्रशस्त गरिदिएको अवस्था छ ।

सुरक्षा फौजमा विधि विधान र प्रक्रिया नाघ्दा यस्तो हुने गर्छ भन्ने कुराको हेक्का नराख्नाले बेलाबखत समस्या सिर्जना हुने गरेको छ । मुलुकले लामो समयसम्म यसबाट उत्पन्न हुने प्रक्रिया झेल्नुपर्ने हुन्छ । सेनामा त्यही भयो ।

प्रहरीमा पनि हुने आखिर गुटबन्दी नै हो । अदालतको आदेशपछि यद्यपित बल सरकारको कोर्टमा पुगेको छ र चार जनामध्येबाट विभिन्न आधार–कारणमा टेक्दै क्याबिनेटले नयाँ आइजी छान्नुपर्नेछ । अदालतले नामै किटेर सिधै नवराजलाई पद हस्तान्तरण गरिहाल्नु नभने तापनि उनीबाहेक अन्य विकल्प नरहेको झल्किने भाषा आदेशमा उल्लेख छ ।

तर परमादेशको प्रकरण नम्बर १५ मा उल्लेखित ‘पहिलो वरियताक्रममा रहेको व्यक्तिलाई नै नियुक्त गर्ने प्रचलन रही आएको देखिन्छ’ भन्ने वाक्यांश सत्यतथ्यसँग कति पनि मेल खान्न । किनकी तीन वर्षअगाडि मात्रै डेढ वर्ष वरिष्ठ भइकन पनि पार्वती थापालाई डिआइजीमै रोकेर उपेन्द्रकान्त अर्याललाई आइजी बनाएको नजिर सबका सामु छ ।

यससम्बन्धी मुद्दा सर्वोच्चमै विचारधीन छ । त्यसरी नै ०६५ सालमा पुष्पकमल दाहालले नै रविन्द्रप्रताप शाहको पालो मिचेर रमेशचन्द्र ठकुरीलाई महानिरीक्षक नियुक्त गरेका हुन् ।

उहिले रत्नसमशेरलाई नदिएर हेमबहादुर सिंहलार्य र ०६३ सालको परिवर्तनपछि राजेन्द्रबहादुर सिंहलाई हटाएर ओमविक्रम राणालाई आइजी तोकिएको पनि तीतो सत्य हो । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि