पाँचखालमा भेला भए २८ देशका सैनिक, नेपाली सेनाले देखायो यस्तो खुकुरी कला

फागुन ७ ,काभ्रे – नेपाली सेनाले तेश्रो शान्ति प्रयास कार्यक्रम अन्र्तगत २८ देशका सैनीकसँग संयुक्त सैन्य अभ्यास कार्यक्रम सोमबारदेखि शूरु गरेको छ । काभ्रेको पाँचखालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका बिच कार्यक्रमको उद्घाटन गरेका हुन् ।

पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा २८ देशका १ हजार २४ सेना सहभागी छन् । कार्यक्रम उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली सेनाका प्रमुख राजेन्द्र बहादुर क्षेत्री, नेपालका लागि अमेरिकी राजदूत एलाइना बि टेप्लिज, अमेरिकी सेनाका प्यासिफिक कमान्डर ह्यारी बि ह्यारीस लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिको पक्षमा नेपाली सेनाले सन् १९५४ डिसेम्बरदेखि भूमिका खेलेको बताँउदै यो संयुक्त सैन्य अभ्यासले थप इमान्दारिता, व्यवसयिकता प्रर्वद्धन गर्ने बताए ।

उनले विश्व शान्ति र सुरक्षाको विषयमा नेपालले सधै आफ्नो स्पष्ट धारणा राखेको बताँउदै उक्त तालिम कार्यक्रमले विश्व शान्तिको स्थापनामा सकारात्मक सन्देश जाने बताए ।
कार्यक्रममा नेपाली सेनाले खुकुरी युद्धकला, खुकुरी नाँच, झाँकी लगायत प्रर्दशन गरेको थियो ।
हेर्नुस, तस्विरमा :

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक