७ चैत, काठमाडौं । आजदेखि काभ्रेपलाञ्चोकको पाँचखालमा अन्तर्राराष्ट्रिय सैन्य अभ्यास सुरु हुँदैछ । सैन्य अभ्यासका लागि नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा २८ मुलुकका एक हजार २४ सेना सहभागी हुँदैछन् ।
सैन्य अभ्यासमा नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान र रुवान्डाका सेना सहभागी हुनेछन् ।
त्यस्तै श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे्रलिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायतका सेनाले सैन्य अभ्यास गर्नेछन् ।
नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्तले गर्न लागेको सैन्य अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालमा तेस्रो पटक हुन लागेको सैन्य अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार पारिएको जनाइएको छ । यसअघि सन् २००० र २०१३मा यस्तै सैन्य अभ्यास भएको थियो ।
सैन्य अभ्यासकै लागि अमेरिकी सेना प्रमुख नेपाल आएका छन् । बहुपक्षीय सैन्य अभ्यास चैत २१ गते सकिनेछ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित