नरकभन्दा खराब छ साउदीमा महिलाहरुको जीवनशैली

women-situation-in-Saudi-Arabएजेन्सी । साउदी अरबमा महिलाहरुलाई अधिकार दिनका लागि एक काउंसिल बनाइएको छ । तर, यसअघि भएको बैठकमा महिलाहरुलाई सहभागी गराइएको थिएन । साउदी अरबमा पहिलेदेखि नै महिलाहरुको जिन्दगी निकै नै कठिन छ । साउदी अरबको निरर्थक नियम र प्रतिबन्धले समस्या पार्दै आएको छ । महिलाहरु हिजाब, अबाया र बुर्का लगाउनुपर्ने नियम छ । यसका बावजूद् उनीहरु एक्लै घरबाट बाहिर निस्कन, नोकरी गर्न, सम्पति किन्नबेच गर्न र पुरुषहरुसँग कुराकानी गर्न समेत प्रतिबन्ध छ ।

ओलम्पिक खेलमा पहिलोपटक सन् २०१२ मा साउदी अरबकी महिला खेलाडी नै हिस्सा लिएकी थिइन् । त्यसलाई धार्मिक भावनाको विरुद्ध भनेर देशमा निकै विरोध समेत भएको थियो । अझ महिला एथ्लिस्ट ओलम्पिकमा पुरा शरीर ढाकेर दौडिएकी थिइन् ।

तर महिलाले मन पराएर पुरुससँग गाँसिएको सम्बन्धमा भने कसैले केही पनि भन्दैन । यस्तो अवस्थामा पुरुषले होइन, महिलाले सजाय भोग्नुपर्ने हुनसक्छ ।

साउदीमा बलात्कारको आरोपीलाई तबसम्म सजाय सुनाइँदैन, जबसम्म उसको चार जना साक्षी हुँदैनन् । साउदीमा महिलाको पुरुष अभिभावक बिना बाहिर हिँडडुल गर्न सक्दैनन्, हरेक महिलाको पुरुष अभिभावक हुनु जरुरी मानिन्छ ।

साउदीमा सरकारले महिलाको शिक्षाका लागि धेरै रकम खर्चिए पनि नोकरीमा उनीहरुको संख्या निकै कम छ ।

यहाँ महिला साक्षरता दर ८१ प्रतिशत छ । सन् १९७० मा मात्र २ प्रतिशत थियो ।

साउदी अरबमा महिलाहरुलाई सवारी साधन चलाउनका लागि कुनै कानुन नभएतापनि अहिले यतिसम्म अधिकार मिलेको छ कि उनीहरुले आफ्ना बच्चाहरुलाई विद्यालय छोड्न र परिवारका कुनै सदस्य विरामी भएमा अस्पताल पुर्‍याउनका लागि कार ड्राइभ गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद