लेखनाथ महानगरपालिकामा मेयर पदमा घम्साघम्सी

Mr._Ramjee_KunwarMr._Ramjee_Kunwarपोखरा । जतिजति स्थानीय निर्वाचन नजिकिंदै जाँदैछ त्यति त्यति नै राजनैतिक दलका नेता तथा कार्यकर्ता उत्साहित बन्दै आप्mनो पक्षमा माहोल बनाउन तल्लीन भएर लागिपरेका छन् । सरकारले ठूला सहरहरुमा महानगरपालिका बनाउने घोषणा गरे पश्चात सम्बन्धित महानगरपालिकाका स्थानीय तहका नेतादेखि राष्ट्रियस्तरका नेतासम्म महानगरपालिकाको मेयर बन्न लालायित भएका छन् ।

यसै अनुरुप उपमहानगर पालिकाबाट भरखरै महानगरपालिकामा परिणत भएको पोखरा लेखनाथ पालिकाका चुनावी सरगर्मी बढेको छ ।
स्थानीय तहका नेताहरु उपमेयर र वडा अध्यक्षको लागि लबिंग गर्न थालेका छन् भने उपल्लो तहका नेता मेयर पदका दावेदार बन्न इच्छुक देखिएका छन् । लेखनाथ महानगरपालिकामा कांग्रेसले कसलाई उठाउने भन्ने चर्चा चलिरहेको बेला जनस्तरबाटै नामहरु उच्चारण हुन थालेका छन् । यसरी जनस्तर, बौद्धिक तथा व्यापारीक क्षेत्रबाट रामजी कुँवरको नाम अग्रपंक्तिमा अगाडि सारिएको छ ।

रामजी कुँवर २०औं वर्षदेखि कांग्रेसको महाधिवेशन प्रतिनिधि÷महासमिति सदस्य, ३ पटकसम्म सर्वसम्मतीबाट चयन भएका व्यक्ति हुन् । १२औं महाधिवेशनपछि नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्य भइसकेका कँुवर हाल नेपाल ट्रेड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्ष रहेका छन् । पोखरामा सामाजिक सेवामा अग्रपंक्तिमा रहेका कुँवर दर्जनौं पटक अन्तर्राष्ट्रिय भ्रमण गरेका र नेपाल ट्रेड युनियन कांग्रेसमा पनि निकै चर्चित छन् ।

अहिले उनको नाम पार्टी पंक्ति र बौद्धिक समाजले अगाडि सार्ने तयारी गरिरहेको बुझिएको छ । त्यसो त कांग्रेसमा लागेका अन्य राष्ट्रियस्तरका नेताहरुलाई पनि महानगरपालिकामा मेयर पदमा उठाउन केही नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् । पुराना नेता शुक्रराज शर्मा, महादेव गुरुङ, कृष्ण केसी जस्ता नेताहरु भएता पनि उनीहरुले खासै चासो नदेखाएको हुँदा कांग्रेस नेता रामजी कुँवर, वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाटको नाम निकै चर्चामा रहेको छ ।
यसैगरी एमालेबाट मानबहादुर जिसी, कृष्ण थापा, राजिव पहारी, भरत पहारी, लगायतका नाम एमालेको पार्टी पंक्तिमा चर्चामा रहेको छ भने माओवादी केन्द्रको तर्पmबाट दिपक कोइराला, जिवन वराल, झलकपाणी तिवारी, कोमल वरालको नाम पनि मेयर पदमा चर्चामा रहेको हाम्रा पोखरा सम्वाददाताले बताएका छन् । नयाँ बिकल्प साप्ताहिकबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने