अब मोबाइलमा जत्ति बोल्यो, त्यतिमात्र पैसा तिर्नुपर्ने

fai-mobiles-001_xkKwakNB7G-750x501चैत ६, २०७३ काठमाडौं : मोबाइलमा कसैलाई कल गर्दा पाँच सेकेण्ड मात्र कुरा गर्नुभयो भने त्यही समयको मात्र पैसा तिर्न पाउनुहुन्छरु पक्कै पाउनुहुन्न, किनकी मोबाइल कम्पनीले एक सेकेण्ड बोले पनि त्यसलाई २० सेकेण्ड मानेर रकम असुलिरहेका छन्। तर, अबको सात महिनापछि तपाईले एक सेकेन्ड कुराकानी गरे त्यसकै मात्र रकम तिर्न पाउनु हुनेछ।

सरकारले आगामी कात्तिक १ गतेदेखि मोबाइल कम्पनीले अनिवार्य रूपमा एक सेकेण्डलाई आधार मानि जति बेर कल भयो त्यत्ति नै समयको मात्र महसुल लिन पाइने निर्णय गरेकाले उपभोक्ताले यो सुविधा पाउने भएका हुन्। प्राविधिक भाषामा निश्चित समयको अन्तराललाई मिनेट वा सेकेण्ड जस्तो मानी गणना गर्ने विधिलाई ‘पल्स’ भनिन्छ।

 हाल नेपाली मोबाइल सेवाप्रदायकले २० सेकेण्डलाई एक पल्स मानी महसुल उठाइरहेका छन्। २० सेकेन्डलाई पल्स मान्दा तपाई हामीले कल गरी ५ सेकेण्ड कुरा गरे पनि २० सेकेण्ड र २१ सेकेण्ड कुरा गरे पनि ४० सेकेण्डको महसुल तिर्नुपर्छ। यसैगरी ४१ सेकेण्ड कुरा गरे ६० सेकेण्डको महसुल तिर्नुपर्ने हुन्छ।

छिमेकी मुलुक भारत सहित अन्य मुलुकका मोबाइल सेवाप्रदायकले एक सेकेण्डको पल्स दर बनाएकाले जति सेकेन्ड कुराकानी गर्‍यो त्यत्ति नै सेकेण्डको मात्र महसुल तिरिहरका छन्। नेपालमा भने लामो समयदेखि पल्सको दर घटाई एक सेकेण्ड बनाउनु पर्ने आवज उठेपनि प्राधिकरणले चासो दिएको थिएन।

शुक्रबार भने प्राधिकरणले सबै सेवा प्रदायकलाई पल्सको दर घटाउन पत्राचार गरेको छ। ‘हामीले दुई चरणमा गरेर पल्सको दर घटाई उपभोक्तालाई सहुलियत दिन पत्राचार गरेका छौु, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘सबैले निर्देशन कार्यान्वयन गर्नुपर्छ नगर्नेलाई कारबाही हुन्छ।’  प्राधिकरणले सेवाप्रदायकलाई दुई चरणमा पल्सको दर घटाउन पत्राचार गरेको हो। पहिलो चरणमा आगामी वैशाख १ गतेदेखि मोबाइलको आन्तरिक कलमा पल्सको दर हालको २० सेकेण्डलाई घटाई १० सेकेण्ड बनाउन निर्देशन दिइएको छ।

१० सेकेण्ड पल्स दर हुदा अब ११ सेकेण्ड कुरा गरेपनि २० सेकेण्डको रकम तिर्नुपर्ने हुन्छ। यसले अहिले कायम रहेको भन्दा उपभोक्तालाई केही राहत दिएपनि सेवाप्रदायकले कुराकानी नभएको समयमा समेत रकम असुल्ने अवस्था भने रहन्छ।  दोस्रो चरणमा भने यसलाई एक सेकेण्डमा झारिने भएकाले उपभोक्ताले जति कुरा गर्‍यो त्यत्तिकै रकम तिर्न पाउनेछन् ।

मोबाइलबाट हुने आन्तरिक कलमा एक सेकेण्डको पल्स लागू भएपनि अन्य सेवा र अन्तर्राष्ट्रिय कलमा भने पल्सको दर बढी नै रहनेछ। प्राधिकरणको गत माघ अन्तिम साता बसेको सञ्चालक समितिको बैठकले पल्सको दर घटाउने निर्णय गरे अनुसार शुक्रबार सेवा प्रदायकलाई पत्राचार गरिएको अर्यालले जानकारी दिए।  प्राधिकरणले गरेको पत्राचारमा आगामी वैशाख १ गतेदेखि ल्याण्डलाइन ९पीएसटीएन० फोनको पल्स दरलाई ६० सेकेण्ड बनाउनु पर्ने उल्लेख छ।

नेपाल टेलिकमको मात्र यस्तो सेवा रहेकाले उसैलाई पत्राचार गरिएको हो। हाल टेलिकमले १ सय २० सेकेन्डको एक पल्स मानेर महसुल उठाइरहेको छ। यसैगरी मोबाइलको आन्तरिक कलमा भने १० सेकेण्डको र अन्तर्राष्ट्रिय कलमा भने ३० सेकेण्डको पल्स बनाउन निर्देशन दिएको छ।  त्यसको ६ महिनापछि भने उनीहरुले यो दरलाई घटाउनु पर्नेछ। कात्तिक १ गतेदेखि भने मोबाइलमा १ सेकेन्ड र अन्तर्राष्ट्रिय कलमा १० सेकेण्डलाई एक पल्स बनाउनु पर्ने पत्रमा उल्लेख छ।

हाल मोबाइलमा २० सेकेन्ड र अन्तर्राष्ट्रियमा ६ देखि ६० सेकेण्डसम्मलाई सेवाप्रदायकले एक पल्स मानिरहेका छन्। अन्तर्राष्ट्रिय कलमा ‘एक्सेस कोड’लगायतका सुविधा हुने भएकाले सेवाप्रदायकअनुसार ‘पल्स’ फरक परेको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा