भारतीय हास्यकलाकार कपिल शर्माले शनिबार सोसल मिडियामा जालंधरकी भवनीत चतरथ (गिन्नी) सँग विवाह गरेको बताएका छन् । गिन्नीलाई उनले श्रीमती बताएका छन् । यद्यपी, दुबैको विवाह कहिले, कहाँ र कसरी भयो यसबारे कुनै जानकारी आएको छैन । स्मरण रहोस्, दुबैले एक कार्यक्रम ‘हंस बलिए’ मा सँगै काम गरिसकेका छन् ।
केहि समयअघि कफी विद करणमा पुगेका कपिल शर्माले उनी अमृतसरबाट मुम्बई हास्यकलाकार नभई गायक बन्न आएको बताएका थिए । तर मुम्बईमा गायकको भीड लागेको देखेपछि उनले कमेडीको बाटो अपनाएको जानकारी दिए ।
सन् २००६ मा सुरु गरे करियरः
कपिलले पहिलो ब्रेक सन् २००६ मा आएको टेलिभिजन कार्यक्रम ‘हंसदे हंसदे रावो’ बाट पाए । सन् २००७ मा प्रसारण भएको ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज सिजन थ्री’ लाई जितेपछि उनी लाइमलाइटमा आएका थिए । त्यसपछि उनी कमेडी सर्कस, झलक दिखलाजा र कमेडी नाइट्स विद कपिलजस्ता विभिन्न कार्यक्रममा देखिए । अहिले उनी सोनी टेलिभिजनको कार्यक्रम ‘द कपिल शर्मा शो’ संचालन गरिरहेका छन् । विभिन्न कार्यक्रमका साथै उनी बलिउड फिल्म ‘किस किसको प्यार करुँ’ मा पनि मुख्य भूमिकामा अभिनय गरिसकेका छन् ।
आमाले ‘टोनी’ भनेर बोलाउँछिन्ः
कपिल शर्माको जन्म सन् १९८१ को अप्रिल २ तारिखमा पंजाबको भएको थियो । उनकी आमाले उनलाई ‘टोनी’ भनेर बोलाउँछिन् । उनका बुवा जितेन्द्र शर्मा पुलिस कन्सटेबल थिए र आमा गृहिणी । कपिलका दुई भाइ–बहिनी छन् । भाइको नाम अशोक शर्मा र बहिनी पूजा शर्मा देवगन । कपिल शर्मा कक्षा १० मा हुँदा क्यान्सरका कारण उनको बुवाको मृत्यु भयो । यद्यपी, उनले सबैसँग आफ्ना सबै दुख लुकाएर राखे । उनले कहिले पनि कसैको अगाडि आफ्ना समस्या उजागर हुन दिएनन् । त्यतिबेला पनि उनी हल्का फुल्का कमेडीले साथीहरुलाई हँसाउने गर्दथे ।
कमेडी नाइट्स विद कपिलले बदल्यो भाग्यः
कपिलको कार्यक्रम ‘कमेडी नाइट्स विद कपिल’ कुनै बेला सानो पर्दाको सबैभन्दा चर्चित कार्यक्रम थियो । सन् २०१३ देखि १६ का बिच कलर्स टिभीमा प्रसारण भएको यो कार्यक्रमले उनको भाग्य बदल्यो । बढ्दो चर्चाका कारण उनी टेलिभिजनको सबैभन्दा महँगो उद्घोषकमा समावेश भए । कपिलका लागि एक थिएटर आर्टिस्टबाट यति ठूलो महँगो कलाकारको यात्रा सहज थिएन । जब उनी थिएटर गर्दथे तब उनले विभिन्न समस्याको सामना गर्नुपर्यो तर आफ्नो कडा मेहनत र कामप्रतिको लगनका कारण उनी सफलताको शिखरमा छन् ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको