बलिउड फिल्म नेपालमा सुटिङ गर्न आग्रह

bidhya_balan-750x481काठमाडौं— नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले बलिउड निर्देशक, निर्माता तथा कलाकारसँग भेट गर्दै सुटिङ लागि नेपाललाई छनौट गर्न आग्रह गरेका छन्।

‘बलिउडका फिल्म सुटिङ गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको मैले जानकारी गराएँ। यो बाहेक बलिउड र नेपाली फिल्म उद्योगको ग्याप कम गर्न मिलेर काम गर्न प्रस्ताव पनि गरेँ’, पाण्डेले नागरिकन्युजसँग भने, ‘बलिउड फिल्महरुको सुटिङ स्थल नेपाललाई बनाउन आग्रह गरेँ।’

नयाँ शक्ति संयोजक एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईसँगै नयाँ दिल्लीमा रहेका पाण्डेले बलिउड निर्देशक तथा निर्माता महेश भट्ट तथा कलाकार विद्या बालनसँग भेट गरेका हुन्।

‘बलिउडका फिल्म सुटिङ गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको मैले जानकारी गराएँ। यो बाहेक बलिउड र नेपाली फिल्म उद्योगको ग्याप कम गर्न मिलेर काम गर्न प्रस्ताव पनि गरेँ’, पाण्डेले नागरिकन्युजसँग भने, ‘बलिउड फिल्महरुको सुटिङ स्थल नेपाललाई बनाउन आग्रह गरेँ।’

नेपाल र भारतका फिल्मकर्मीबीचको सहयकार्य गर्न आफूले प्रस्ताव राखेको उनले बताए। ‘मेरो प्रस्तावमा उहाँहरु दुवै ९निर्देशक निर्माता भट्ट तथा कलाकार विद्या बालन० सहमत हुनु भयो।’

बलिउड विश्वकै ठूला फिल्म उद्योगमध्ये एक हो। नेपाल हिन्दी फिल्मको ठूलो बजार रहे पनि यहाँ बलिउड फिल्म सुटिङ एकादुई मात्र सुटिङ भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको