काठमाडाैं, ४ चैत । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्री भारत र चीनबाट ल्याउने भएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये सवारीसाधन भने भारतबाट मात्रै ल्याउने भएको छ । भारतबाट माग गरिएका सवारीसाधनमा डबल क्याब पिकअप गाडी सबैभन्दा बढी ४५ वटा ल्याउने तयारी गरिएको छ । स्कोरपियो गाडी सातवटा ल्याउने तयारी भएको छ । पहाडी क्षेत्रमा प्रयोग गर्न ३० वटा मोटरसाइकल र स्कुटर भने सातवटा ल्याइने भएको छ । निर्वाचन आयुक्तले कार्यालय प्रयोजनका लागि उपयोग गर्नेगरी एउटा गाडी ल्याउन लागिएको आयोगले जनाएको छ । यसबाहेक निर्वाचनका लागि प्रयोग गर्न मसी र छेकाबार पनि भारतबाट ल्याउन लागिएको छ ।
निर्वाचन आयोगले चीनबाट ल्याउन लागेका सामग्री भने बढी खुद्रा प्रकृतिका छन् । ग्लुस्टिक, पेन, स्ट्याम्पप्याड, टेबल घडीजस्ता सामान चीनबाट ल्याउन लागिएको आयोगले जनाएको छ । चीनबाट ११ प्रकृतिका सामग्री ल्याउँदै छ । तर, ती सबै सामग्री चीन सरकारको तर्फबाट अनुदानमा प्राप्त हुनेछन् । आयोग स्रोतका अनुसार निर्वाचनमा छिमेकी मुलुकको सहायता पनि छ भन्नका लागि मात्रै चीन र भारतबाट यस्ता सामग्री ल्याउन लागिएको हो ।
चीनबाट ल्याउन लागिएका सामग्री
जेलपेन (कालो) २७५०० प्याकेट
जेलपेन (रातो) २७५०० प्याकेट
स्केल (स्टिल) ५५००० पिस
सिजर २७५०० पिस
ग्लुस्टिक २७५०० पिस
क्यालकुलेटर २७५०० पिस
पनिचङ मेसिन २७५०० पिस
स्ट्याम्प प्याड १६५००० पिस
स्ट्याम्प प्याड इन्क ८२५०० पिस
रबर म्याट ५५००० पिस
टेबल घडी २७५०० पिस
भारतबाट ल्याउन लागिएका सामग्री
कार (आयुक्तको प्रयोगका लागि) १
स्कारपियो जिप ७
सेडन कार ४
मोटरसाइकल ३०
स्कुटर ७
डबल क्याब पिकअप ४५
मिनीबस १
माइक्रोबस १
नउड्ने पक्का मसी
छेकाबार
रबर म्याट
युएनडिपीले पनि सहयोग गर्ने
निर्वाचन सहायता कार्यक्रमअन्तर्गत युएनडिपीले निर्वाचन आयोगलाई केही लजिस्टिक सामान सहयोग गर्ने इच्छा राखेको छ । युएनडिपीले कम्प्युटर र निर्वाचन अधिकृतका लागि झोलाजस्ता सामग्री सहायता गर्न खाजेको छ । तर, आयोगले सामान्य सहयोग नलिने सोच बनाएको छ । युएनडिपीका सामान्य सहयोग लिने कि नलिने भनेर पनि आयोगमा छलफल चलेको छ । मतदाता शिक्षाका लागि सञ्चालन गरिने तालिम कार्याक्रमका लागि भने आइफेसले ३ करोड रुपैयाँ सहायता गर्दैछ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा