यसवर्षको माध्यमिक शिक्षा परीक्षा बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ । परीक्षाका नियम उल्लंघन गरेमा १ लाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
शिक्षा ऐनको आठौं संशोधनमा माध्यामिक तहको परीक्षा राष्ट्रिय परीक्षा वोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भएपनि तयारी नपुगेको भन्दै अन्तिमपटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई माध्यामिक शिक्षा परीक्षा एसइइ परीक्षा गर्ने जिम्मेवारी दिइएको छ । यसअघि कक्षा १० लाई एसएलसी परीक्षा भनिएकोमा नयाँ व्यवस्था अनुसार कक्षा १२ मा मात्रै एसएलसी परीक्षा हुने भएकाले अहिले परीक्षा दिएका विद्यार्थीले २ वर्षपछि फेरि कक्षा १२ मा एसएलसी दिनुपर्ने छ ।
तर पोहोर परारको एसएलसी परीक्षा जसरी गरिन्थ्यो बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा पनि ठ्याक्कै उस्तै हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । एसइई परीक्षाको बारेमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीसँग कुराकानी ।
– माध्यामिक शिक्षा परीक्षा नाम मात्रै परिवर्तन गरिएको एलएलसी परीक्षा हो । धेरै पहिलेदेखि हामीले एसएलसी भनेका थियौं, त्यै परीक्षा हो यो । तर नाम मात्रै फरक हो । एलएलसी परीक्षामा हुने जे जे नियम हुन सबै एसइइमा पनि लागु हुन्छन् । यो वर्षदेखि एसएलसी परीक्षा भन्न छाडेर माध्यामिक शिक्षा परीक्षा भनेका छौं, तर परीक्षा प्रणाली,विद्यार्थीलाई सोधिने प्रश्नहरु, विद्यार्थीले लेख्ने उत्तरका ढाँचाहरु र यसको मुल्याङ्खन पनि उस्तै हो । त्यै भएर अल्मलिनुपर्ने कारण नै छैन्, एसएलसी र यो परीक्षा उस्तै नै हो ।
– पहिले पनि एसएलसी दिएपछि विद्यार्थीले कक्षा १२ को परीक्षा दिन्थे । अहिले पनि माध्यामिक तहको परीक्षा दिएपछि उनिहरुले कक्षा १२ को परीक्षा दिनुपर्छ । तर अब १२ कक्षामा हुने परिक्षलाई एसएलसी भनिनेछ । अहिले हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले क्षेत्रीय स्तरमा गर्नुपथ्र्यो, तर उहाँहरुले हामीलाई आग्रह गरेकाले यो वर्ष हामीले गर्यौं । आगामी वर्षदेखि यो परीक्षा क्षेत्रीय स्तरमा हुनेछ । कोही पनि शंकामा नपरौं, अहिले एसइइ दिएका विद्यार्थीले १२ कक्षामा एसएलसी दिनुपर्छ । पोहोर पास भएका विद्यार्थीको हकमा पनि आगामी बर्ष एसएलसी परीक्षा हुन्छ । अहिले कक्षा १० को परीक्षा माध्यामिक शिक्षा परीक्षा हो भने १२ कक्षामा हुने परीक्षा एसएलसी हो ।
– पहिले प्लस टु भनिन्थ्यो भने अब ११ र १२ कक्षा भनिन्छ । माध्यामिक शिक्षाको परीक्षा दिएका सबै विद्यार्थीले ११ र १२ कक्षा पढ्न पाउनुहुन्छ तर केही कन्डिसनहरु छन् । पोहोरसाल १ दशमलव ६ जिपिए भन्दा तल नंबर ल्याउनेलाई भर्ना दिएको थिएन तर अब चाँही त्यो भन्दा तल्लो स्कोर ल्याए पनि पढ्न पाइन सक्छ ।
– होइन होइन । पटक्कै झन्झट छैन् । पोहोरसाल एसएलसी दिने विद्यार्थीलाई भने केही झन्झट छ । उनीहरुको पहिलाको प्रमाणपत्रमा एसएलसी मात्रै थियो भने, अब एसएलसी १२ भन्ने खालको प्रमाणपत्र हुन्छ । तर अहिले माध्यामिक शिक्षा परीक्षा दिने विद्यार्थीलाई त झन्झट नै हुँदैन नि । पहिले जसरी पढ्थे अहिले पनि उसैगरी पढ्छन । १० कक्षाको ठाउँमा माध्यामिक शिक्षा र १२ को ठाउँमा एसएलसी हुन्छ ।
– परीक्षा व्यवस्थापनमा कुनै नयाँ कुरा नहुने भएकाले त्यसको लागि समस्या नै भएन । विद्यार्थीलाइ प्रमाणपत्र दिने सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत भएको हुनाले राष्ट्रिय परीक्षा बोर्डकै लोगोमा प्रमाणपत्र दिनेछौं । अहिले निर्णय भइनसकेको भएपनि माध्यामिक शिक्षा परीक्षाको प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ ।
– हो, तपाइँले भनेजस्तै शिक्षा ऐनमा उल्लेख भएअनुसार कक्षा १० को परीक्षा क्षेत्रीय स्तरमा राष्ट्रिय परीक्षा बोर्डले नै गर्नुपर्ने हो । तर पुर्वाधार तयार भैनसकेको अवस्थामा हामीले यो काम गर्नुपरेको हो । बोर्डको सांगठनिक संरचना पनि तयारी नभएकाले पनि हामीले गरेका हौं । अर्को कुरा क्षेत्रीय संरचना पनि पुरा भएका छैनन् । आउँदो वर्षदेखि बोर्डले नै यो परीक्षा सञ्चालन गर्छ ।
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न
बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान