यसरी टर्‍यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

nepal-airlines-a320-final_yvTzyw1ZE7-750x500चैत ३, २०७३ काठमाडौं : मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो। नेपाल वायुसेवा निगमको गत सोमबारदेखि थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने सात बजे पाँच टन (पाँच हजार लिटर) तेल चुहिन पुगेको थियो।

‘११ नम्बरको पार्किङ वेमा रहेको निगमको एअरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानी ट्यांकर, सुरक्षाकर्मी एम्बुलेन्स एकैचोटि परिचालन गरेर दुर्घटना टार्यौं’, विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘चुहिएको तेलमा मसिनो आगोको झिल्कामात्र परेको भए जहाजदेखि वरिवरिका सम्पूर्ण पूर्वाधार पड्केर ध्वस्त हुन्थ्यो, धन्न हामीले सुझबुझका साथ काम गरेर सबै जोगाउन सक्यौं।’ युरोपेली जहाज निर्माता कम्पनी एअरबसमा निर्मित एक सय ५८ सिट रहेको निगमको ‘ए ३२०–२०’ सिरिजको उक्त जहाज मंगललबार राति साढे ११ बजे युनाइटेड अरब इमिरेट्स जाने तालिका थियो। ‘९ एन–एके डब्लु’ कलसाइन भएको यो जहाजलाई उडान तालिकामा राखिए पनि दुई दिनदेखि ‘ग्राउण्डेड’ थियो।

 ‘दायाँ पखेटामा रहेको इन्धन टयांकको फ्युल  पम्प बिग्रिएकाले मर्मत गर्दै थियौं, तर टयांकको बिर्को खोल्न खोज्दा भित्रको हाउजिङसहित सबै निस्कियो’, सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि भित्रको प्रेसरले तेल बाहिर निस्किन थाल्या, रोक्नै सकिएन।’ विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार जहाजबाट तेल चुहिएको थाहा पाउनासाथ तत्काल विमानस्थलको फोमसहितको दमकल, पानी ट्यांकर सुरक्षकर्मीलगायत जहाज वरिपरि परिचालन गरियो। तेल बिस्तारै नजिकैको कुलोमा बगाउन थालियो र दुर्घटना टारियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित