काठमाडौँ । उत्तरको छिमेकी राष्ट्र चीनले तिब्बतको ल्हासा हुँदै काठमाडौँसम्म रेल वे सञ्जालको निर्माण प्रक्रिया सुरु गर्दा अर्को छिमेकी राष्ट्र भारतले काठमाडौँबाट सिधा दिल्लीसँग जोड्ने रेल्वे सञ्जाल गर्ने तयारीगरेको छ। भारतीका रेलमन्त्री सुरेश प्रभुले आफ्नो रेल सञ्जालले पुरै दक्षिण एसियालाई जोड्ने गरी महत्वाकांक्षी योजना ल्याएउने निर्णय गरेसँगै भारतीय रेलबाट नेपाल मात्रै नभई दक्षिण एशिया कै यात्रा गर्न सकिने भएको छ।
रेलमन्त्रीले प्रभूले गरीबी अन्त्यका लागि व्यापार बढाउन सबैभन्दा पहिले नेपालको राजधानी काठमाडौँसम्म जोड्ने रेल सञ्जाल निर्माण थालिने जनाएका छन् । मन्त्री प्रभूले अन्तरमहादेशीय रेल सम्पर्क विश्व मञ्चको उद्घाटन गर्दै एशियालाई विश्वको अघिल्लो विकास केन्द्र बनाउने पनि उद्घोष गरेका छन्।
सबैभन्दा पहिले छिमेकी देशहरु नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानलाई जोड्ने भारतको तयारी छ । भारतीय रेल्वेले ढाकाबाबाट इस्तान्बुल बंगलादेश, भूटान, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान, इरान र टर्की बीच ट्रान्स कन्टेनर माल गाडी चलाउने समेत योजना अघि सारेको छ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका