चौतर्फी दबाबपछि अब पृथ्वीजयन्तीमा पनि विदा, २०७४ सालको विदाको सुची यस्तो छ

jkkकाठमाडौंः चौतर्फी दबाबपछि सरकारले २०७४ सालदेखि राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले २०६३ सालदेखि यो विदा खासेको थियो ।

पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिन लामो समयदेखि आन्दोलन र दवाव बढदै गएको थियो । मंगलबार प्रकाशित राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ ।

यद्यपि पृथ्वीजयन्तीको विदाको अवसरलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनेबारे राजपत्रमा केही खोलिएको छैन् । यसअघिको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले पृथ्वीजयन्तीलाई सामेल नगरी २०७४ सालको सार्वजनिक विदाको सूची पेश गरेपछि अन्य मन्त्रीहरुले चर्को विरोध गरेपछि यो विदा थप गरिएको हो ।

अधिकांश मन्त्रीहरुले पृथ्वीजयन्तीमा छुट्टी नदिएसम्म सार्वजनिक छुट्टीको प्रस्ताव अनुमोदन नगर्ने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बाध्य भएर विदा स्वीकार गरेका हुन । दाहाल यसअघि पृथ्वीजयन्तीमा विदा दिनुहुन्न भन्ने पक्षमा थिए । २०७४ सालको सार्वजनिक विदाको सुची यस्तो छः

क० पर्व बिदाहरू

१। वैशाख १ः नयाँ बर्ष ९शुक्रवार०

२। वैशाख २७ः उभौली पर्व ९बुधवार०

३। साउन १३ः जनै पूर्णिमा, रक्षा बन्धन ९शुक्रवार०

४। भाद्र १३ः गौरापर्व ९मंगलवार०

५। इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन

६। कार्तिक ९ः छठपर्व ९बिहीवार०

७। इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन

८। मंसिर १७ः उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस ९ आइतवार०

९। पुस १०ः इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे ९सोमवार०

१०। पुस १५ः तमु ल्होसार ९शनिवार०

१२। माघ १ः माघी पर्व ९सोमवार०

१३। माघ ४ः सोनाम ल्होछार ९बिहीवार०

१४। फागुन २ः महाशिवरात्री ९बुधवार०

१५। फागुन ४ः ग्याल्बो ल्होसार ९शुक्रवार०

१६। फागुन १७ गते र १८ गतेः होली ९१८ गते तराईमा, बिहीवार र शुक्रवार०

ख० महिला कर्मचारीहरुको लागि बिदा

१। भदौ ८ः हरितालिका तीज ९बिहिवार०

२। भदौ १०ः ऋषीपञ्चमी ९शनिवार०

३। भाद्र २८ः जितिया पर्व ९बुधवार , जितिया पर्व मनाउने कर्मचारीहरुको लागि मात्र०

ग० शिक्षण संस्थाहरुको लागि मात्र

१। माघ ८ः बसन्तपञ्चमी ९सोमवार०

घ० जात्रा बिदा ९काठमाडौं उपत्यकालार्इ मात्र०

१। साउन २४ः गाईजात्रा ९मंगलवार०

२। भदौ २०ः ईन्द्रजात्रा ९मंगलवार०

३। भोटेजात्राको दिन

४। चैत ३ः घोडेजात्रा ९शनिवार०

ङ० दशैँ बिदा

१। असोज ५ः घटस्थापना ९बिहिवार०

२। असोज ११ः देखि असोज १६ सम्मः फूलपातीदेखि द्वादसी सम्म ९ बुधवार देखि सोमवार०

३। असोज १९ः कोजाग्रत पूर्णिमा ९बिहिवार०

च० तिहार बिदा

१। कार्तिक

२ः लक्ष्मी पुजा ९बिहिवार०

२। कार्तिक ३ः गोबर्धन पुजा ९शुक्रवार०

३। कार्तिक ४ः भाईटिका ९शनिवार०

छ० दिवस बिदा

१। वैशाख १८ः विश्व मजदुर दिवस ९सोमबार०

२। जेष्ठ १५ः गणतन्त्र दिवस ९सोमवार०

३। भदौ २२ः निजामति सेवा दिवस ९निजामती कर्मचारीहरुका लागि, बिहिवार०

४। असोज ३ः संविधान दिवस ९ मंगलवार०

५। मंसिर १७ः अन्तराष्ट्रिय अपाङ्ग दिवस ९आइतवार , अपाङ्ग कर्मचारीहरुका लागि मात्र०

६। माघ १६ः शहीद दिवस ९मंगलवार०

७। फागुन ७ः राष्ट्रिय प्रजातन्त्र दिवस ९सोमवार०

८। फागुन २४ः अन्तराष्ट्रिय महिला दिवस ९बिहिवार०

ज० जन्म जयन्ती बिदा

१। वैशाख २७ः बुद्ध जयन्ती ९बुधवार०

२। साउन ३०ः श्री कृष्ण जन्माष्ठमी ९सोमवार०

३। कार्तिक १८ः गुरु नानक जयन्ती ९शनिवार , सिख धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी०

४। कार्तिक २५ – फल्गुनानन्द जयन्ती ९शनिवार, किरात धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी०

५। पुस २७ः पृथ्वी जयन्ती ९बिहिवार०

६। चैत ११ः रामनवमी ९आइतवार०

७। चैत १५ः महावीर जयन्ती ९बिहिवार, जैन धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी०

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने