प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन्। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उनले नेपालको राजनीतिक रुपान्तरणमा स्विट्जरल्यान्ड सरकारले गरेको सहयोगप्रति खुसी व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मधेस केन्द्रित दलसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे। सो अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत फ्रिडेनले नेपालमा राजनीतिक स्थिरता तथा स्थानीय र प्रदेश तहको निर्वाचनको विषयमा चासो राखे। उनले नेपाल सरकारले विभिन्न समयमा स्विट्जरल्यान्डसँग गरेको सहयोग र समन्वयका लागि पनि खुसी व्यक्त गरे।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको