२ चैत, कैलाली । मेची महाकाली राष्ट्रिय अभियान अन्तरगत बुधबार कैलालीको टीकापुरमा एमालेले शक्ति प्रदर्शन गर्यो । सभामा थारु समुदायका कार्यकर्ताहरु आ(आफ्ना परम्परागत भेषभुषामा सजिएका थिए भने एमालेका शीर्ष नेताहरु दुबोको माला लगाएर बहुलोजस्तै बनेका थिए ।
गतवर्ष अशान्त बनेको कैलालीमा शािन्तपूर्णरुपमा एमाले नेताहरुले सभा सम्पन्न गरेपछि उत्साही बनेका छन् । कार्यक्रमको सहभागिताले मात्रै होइन, कुनै अशान्ति नभएको र शान्तरुपमा सभा सम्पन्न गरेकोमा नेताहरुले सफलता महसुस गरेका हुन् ।
कार्यक्रममा क्षेत्रीहरूले तलबार नाच देखाएका थिए भने दमार्इ जातिको परम्परागत दमाहासहित झाँकीसमेत निकालिएको थियो । एमाले नेता माधवकुमार नेपालले ढाकी बोकेका थारू युवतीहरूसँग हात मिलाएर अभिवादन साटेका थिए ।
एमालेको सभालाई लक्षित गरी थरुहट पार्टीले कैलाली बन्दको घोषणा गरेकाले तनाबको डर नेताहरुलाई थियो । टीकापुरको सभा सकेर एमाले नेताहरु बुधबार लम्कीतर्फ लम्किएका छन् ।
कैलालीपछि अब कञ्चनपुर जिल्लाको कार्यक्रम सकिएपछि एमालेको पहिलो चरणको अभियान सकिने छ ।
जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी
फाइल फोटो जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ
जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान
जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी