कहाँ छन् अधिकारवादी ? बालकको शरिरमा युवा संघको टिसर्ट ?

uml-Newsनेपालगन्ज, १ चैत्र । तस्बिरमा देखिएका यी बालकहरु १० देखि १२ वर्ष उमेर समुहका हुन् । उनीहरुको शरिरमा भने एउटा प्रमुख राजनीतिक दलको युवा संघको टिसट लगाइएको छ । सुनबस–७ नवलपरासीका बालकहरुलाई आफू कुन कार्यक्रममा आएको हुँ भन्ने समेत हेक्का छैन । तर, नेकपा एमालेको अभियानमा आएका बालबालीका ठूलो भागदौडमा परे र भने उनीहरुको हालत के होला ?

आफ्नो राजनीतिक उद्देश्य पुर्तिको लागि जस्तो सुकै हर्कत गर्न लागि पर्ने दलहरुलाई बालबालिकाको भविष्यको के ख्याल होला र ? एमालेको मेचि महाकाली अभियानको क्रममा यसरी बालबालिका प्रयोग भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, युवा संघकै टिसर्टमा बालबालीका प्रयोग भएको तस्बिर सार्वजनिक हुँदा समेत युवा संघ अध्यक्ष राजिव पहारी भने अस्विकार गर्छन् ।uml-using-children

 


‘म यो अभियानमा झापा देखि नै अभियानमा छु,’ पहारीले  भने,‘हाम्रो अभियानमा कुनै पनि बालबालीका प्रयोग भएका छैनन् ।’
सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको विषय उठाएपछि भने उनी आफ्नो झूटबाट एक कदम पछि हटे । ‘हाम्रो अभियानमा बालबालीका आउँनुलाई नराम्रो मानिँदैन, बालबालीकाहरु स्वतस्फूर्त युवा संघको टिसर्ट लगाएर आएको हो ।’

तर, अभियानमा आएका एक बालकले भने आफूलाई आफ्नो अंकलले दवाब दिएर युवा संघको ड्रेस लगाउँन लगाएको बताए । ‘मेरो अंकल एमालेको नेता हुनुहुन्छ । उहाँले लाउ यो टिसर्ट लगाउ भनेर दिनु भयो,’ ती बालकले भने,‘मलाई पार्टी भनेको के हो थाहा त छैन ।’

केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले यसरी राजनीतिक गतिविधिमा बालबालीकाको प्रयोग गर्नु दुखत रहेको बताए । ‘कुनै पनि राजनीतिक गतिविधिमा बालबालीकाको प्रयोग हुँनु दुखद हो,’ उनले भने,‘एमाले जस्तो जिम्मेवार दलले यो गर्नु विलकुल गलत हो । हामी सम्बन्धित जिल्लाबाट रिपोर्ट बुझेर कारबाही गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र