काभ्रेबाट २ दृष्टिविहीन र ७ कैदीले माध्यमिक शिक्षा परीक्षा दिँदै

press-meet_zioxI1JwrY-750x501काभ्रेपलाञ्चोक जिल्लाबाट यस शैक्षिक सत्रमा ८ हजार ६ सय २० जना विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदैछन्। मंगलबार काभ्रेको धुलिखेलमा पत्रकार सम्मेलन गरी जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिम्खडाले ८ हजार ६ सय २० जना परीक्षार्थीका लागि ४० वटा केन्द्र तोकिएको जानकारी दिए।

‘हामीले परीक्षार्थीहरुका लागि जिल्लाको विभिन्न स्थानमा गरी ४० वटा केन्द्र तोकी केन्द्राध्यक्षको समेत ब्यवस्था गरिसकेका छौं’ शिम्खडाले भने। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्लाभरीमा ३ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनले जानकारी दिए। ‘प्रत्येक केन्द्रमा ७ जना सुरक्षाकर्मी रहनेछन्’ प्रमुख जिल्ला अधिकारी शिम्खडाले भने, ‘परीक्षा केन्द्रको अवस्था अनुसार कम्पाउण्ड नभएका खुल्ला केन्द्रको लागि आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालित हुनेछन्।’

१० कक्षामा अध्ययनरत विद्यार्थीले यस वर्ष चैत ३ देखि १४ गतेसम्म माध्यमिक शिक्षा परीक्षा दिँदैछन्। जिल्ला शिक्षा कार्यालय काभ्रेका परीक्षा शाखाका अधिृकत रामबहादुर तामाङका अनुसार ८ हजार ८० जना नियमिततर्फको परीक्षार्थी छन्। १ सय ६५ जनाले भने विद्यालयमा ७५ प्रतिशत भन्दा कम हाजिर भएका कारण परीक्षा दिन पाएनन्।

२ दृष्टिविहीन र ७ बहिरा विद्यार्थी

काभ्रे जिल्लाबाट यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षामा २ जना दृष्टिविहीन र ७ जना बहिरा विद्यार्थी सहभागी हुँदैछन्। त्यस्तै विभिन्न मुद्दामा बन्दी भएका ७ जना कैदी बन्दीहरुले जिल्ला कारागारबाट परीक्षामा सहभागिता जनाउने शिक्षा कार्यालयका परीक्षा शाखाका शाखा अधिकृत तामाङले बताए। जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी २ सय १६ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक