काभ्रेबाट २ दृष्टिविहीन र ७ कैदीले माध्यमिक शिक्षा परीक्षा दिँदै

press-meet_zioxI1JwrY-750x501काभ्रेपलाञ्चोक जिल्लाबाट यस शैक्षिक सत्रमा ८ हजार ६ सय २० जना विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदैछन्। मंगलबार काभ्रेको धुलिखेलमा पत्रकार सम्मेलन गरी जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिम्खडाले ८ हजार ६ सय २० जना परीक्षार्थीका लागि ४० वटा केन्द्र तोकिएको जानकारी दिए।

‘हामीले परीक्षार्थीहरुका लागि जिल्लाको विभिन्न स्थानमा गरी ४० वटा केन्द्र तोकी केन्द्राध्यक्षको समेत ब्यवस्था गरिसकेका छौं’ शिम्खडाले भने। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्लाभरीमा ३ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनले जानकारी दिए। ‘प्रत्येक केन्द्रमा ७ जना सुरक्षाकर्मी रहनेछन्’ प्रमुख जिल्ला अधिकारी शिम्खडाले भने, ‘परीक्षा केन्द्रको अवस्था अनुसार कम्पाउण्ड नभएका खुल्ला केन्द्रको लागि आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालित हुनेछन्।’

१० कक्षामा अध्ययनरत विद्यार्थीले यस वर्ष चैत ३ देखि १४ गतेसम्म माध्यमिक शिक्षा परीक्षा दिँदैछन्। जिल्ला शिक्षा कार्यालय काभ्रेका परीक्षा शाखाका अधिृकत रामबहादुर तामाङका अनुसार ८ हजार ८० जना नियमिततर्फको परीक्षार्थी छन्। १ सय ६५ जनाले भने विद्यालयमा ७५ प्रतिशत भन्दा कम हाजिर भएका कारण परीक्षा दिन पाएनन्।

२ दृष्टिविहीन र ७ बहिरा विद्यार्थी

काभ्रे जिल्लाबाट यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षामा २ जना दृष्टिविहीन र ७ जना बहिरा विद्यार्थी सहभागी हुँदैछन्। त्यस्तै विभिन्न मुद्दामा बन्दी भएका ७ जना कैदी बन्दीहरुले जिल्ला कारागारबाट परीक्षामा सहभागिता जनाउने शिक्षा कार्यालयका परीक्षा शाखाका शाखा अधिकृत तामाङले बताए। जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी २ सय १६ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र