राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी छोडेका छन्। उनले थापामाथि पार्टी एकता महाधिवेशन पश्चात पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् ।
साथै मन्त्रिपरिषद्मा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको उनले आरोप लगाएका छन्।
‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु,’ डा। लोहनीले बिहीबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा भनेका छन्। यसबारे थप जानकारी उनले केही बेरमा पत्रकार सम्मेलनबाट गराउने भएका छन्।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको