पत्रपत्रिकाको फ्रन्टपेज

patrapatrika-bimal-1-1२९ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार पनि सरकारमा सहभागी हुनेदेखि कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर शहीद भएका गोविन्द गौतमको उच्चसम्मानका साथ आज अन्तेष्टि हुनेसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।

स्थानीय निर्वाचनबाट ३६ हजार ६ सय ५४ स्थानीय प्रतिनिधि चुनिनेलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर शहीद भएका गोविन्द गौतमको ११ तोपको सलामीसहित आज अन्तेष्टि हुने समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

बजारमा खाना पकाउने ग्यासको अभाव भएको समाचार र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सरकारमा सहभागी हुने समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकमा निर्वाचन आयोगले उम्मदवारको खर्चको सीमा तोकेको समाचारलाई महत्व दिएको छ । त्यस्तै संविधान संशोधनमा फेरि दुई तिहाइको गृहकार्य भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

स्थानीय तह पुनर्संचना आयोगले अधुरो प्रतिवेदन बुझाउन लागेको समाचारलाई कान्तिपुर दैनिकले महत्व दिएको छ । नेपाल समाचारपत्र दैनिकमा धूलोले काठमाडौंको वायू मन्दविषजस्तो भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ । स्थानीय तह कार्यान्वयनमा कठिनाइ हुनेलाई गोरखापत्र दैनिकले एंकर न्यूज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक