नेपालीको शिरमा गोली ठोक्ने आदेश मोदीबाटै आएको हो त

IMG_0877काठमाडौं, भारतीय एसएसबीले बिहीबार कञ्चनपुरमा नेपालीमाथी गोली प्रहार गर्यो । यसले यतिबेला नेपालीजनहरुमा आक्रोसको भेल निम्तिएको छ ।

पटक/पटक नेपालीको स्वाभिमानमा प्रहार गर्दै आएको भारतले यसपटक नेपालीको शिर ताक्यो । यो अत्यान्तै निन्दनिय कार्य रहेको आम नेपालीको बुझाई छ । आखिर भारतीय एसएसबीलाई नेपालीको शिर ताक्ने आदेश कहाँबाट आयो ? यस प्रश्नको आज सारा नेपालीहरुले उत्तर खोजी रहेका छन् । यतिबेला प्रचण्ड सरकार शहिद घोषणा गरेर उम्कने चेष्टा गरिरहेको छ । यसले नेपालीमा झन आक्रोस निम्ताएको छ । आम नेपालीले किन चल्यो गोली ? त्यो आदेश कसको थियो ? प्रधानमन्त्रीले भारतीय प्रम नरेन्द्रदास मोदीलाई सोध्नुपर्नेमा जोड दिइरहेका छन् । तर सरकार निर्य जस्तै बनेको छ ।

 पछिल्ला खबरहरुका अनुसार कञ्चनपुरमा गोली चल्दा मोदी दुःखी भएका खबर कतिपय संचारमाध्यमा आएका छन् । समाचारमा जनाइए अनुसार मोदीले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गर्ने बताएका खबर छन् तर मोदीले हालसम्म आफ्ना दोषि सुरक्षबलका अधिकारीलाई अझै बर्खास्त गरेका छैनन् । के गोली चलाउने आदेश मोदीकै हो त ? होइन भने मोदी किन चुप । आम नेपाली जनताको प्रश्न यही छ ।

सरकारले कञ्चनपुर घटनापछि काठमाडौंस्थित भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको बताइएको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय कार्यवाहक राजदूत विनयकुमारलाई मन्त्रालयमै बोलाएर भारतीय सुरक्षाकर्मीले नेपाली भूमिभित्र प्रवेश गरी गोली हानेर नेपाली नागरिकको हत्या गरेकोमा भर्सना गरेको खबर छ खोइ त नेपाल सरकारले प्रभावकारी ढंगले आफ्ना नागरिक भारतीय पक्षबाट मारिदा बोलेको ? नेपाली मर्दा राज्य चुप लाग्छ भने नेपालमा नागरिकले सरकारविहिनताको महसुश कहिलेसम्म गर्ने ? आम नेपालीको प्रश्न ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न