मुस्ताङको नुनखानी तत्काल संचालन गर्न सकिने अवस्थामा

salt-mine-750x600मुस्ताङ। लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।

आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत अध्ययन र स्थानीयवासीसँगको साक्षात्कारपछि तत्काल नुन उत्पादन गर्न सकिने निष्कर्ष निकालेको हो । यही आशयका साथ टोलीले केही दिनमै सरकारलाई प्रतिवेदन बुझाउन लागेको सहसचिव गिरीले जानकारी दिए।

टोलीमा गिरीसँगै मन्त्रालयका उपसचिवद्वय दिलकुमार शर्मा र लक्ष्मी बाँस्कोटा सहभागी हुनुभएको थियो । नुनखानीको पहाडै देखिएपनि उत्पादन हुन नसक्दा त्यस क्षेत्रकै स्थानीयवासी आयातीत नुन उपभोग गर्न बाध्य छन् । २० वर्षअघि सम्म स्थानीय र साल्ट ट्रेडिङ कर्पोरेसनले ठेकेदारमार्फत उत्पादन गरेपनि अहिले त्यो पूर्णरुपमा बन्द छ ।

गत जेठ महिनामा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको उच्चस्तरीय प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन सरकारले प्रतिवेदन नै बुझाएको थियो । सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने देखिएको सहसचिव गिरीले जानकारी दिए।

‘नुनिलो पानी निस्कने ठाउँमा भरपर्दो पाइप जडान गरेर केही तल सहज भएको ठाउँमा ल्याउन सकियो भने तत्कालै नुन बनाउन सकिन्छ’, उनले भने, ‘यसभन्दा अघि ठेकेदार स्थानीयवासीको खेत भाडामा लिएर केही संरचना पनि बनाएका रहेछन्, त्यसैलाई प्रयोग गर्न सकिन्छ ।’ नुनखानीबाट उत्पादित नुनमा आयोडिन कम हुने हल्ला गरेपनि त्यसको अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन ।

बीस वर्षअघि सम्म मुस्ताङसहित म्याग्दीको उपल्लो भेगका सर्वसाधारणले त्यसैबाट उत्पादित नुन उपभोग गर्थे । तर बजारमा पोकाको आयोडिन नुनको माग बढ्दै गएपछि ठेकेदारले काम गर्न छाडेको स्थानीयवासी पेमा दोर्जे गुरुङले बताए।

नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी समेत पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरुलाई ठीक हुने स्थानीयवासीको माग छ ।रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित