मुस्ताङ। लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।
आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत अध्ययन र स्थानीयवासीसँगको साक्षात्कारपछि तत्काल नुन उत्पादन गर्न सकिने निष्कर्ष निकालेको हो । यही आशयका साथ टोलीले केही दिनमै सरकारलाई प्रतिवेदन बुझाउन लागेको सहसचिव गिरीले जानकारी दिए।
गत जेठ महिनामा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको उच्चस्तरीय प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन सरकारले प्रतिवेदन नै बुझाएको थियो । सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने देखिएको सहसचिव गिरीले जानकारी दिए।
‘नुनिलो पानी निस्कने ठाउँमा भरपर्दो पाइप जडान गरेर केही तल सहज भएको ठाउँमा ल्याउन सकियो भने तत्कालै नुन बनाउन सकिन्छ’, उनले भने, ‘यसभन्दा अघि ठेकेदार स्थानीयवासीको खेत भाडामा लिएर केही संरचना पनि बनाएका रहेछन्, त्यसैलाई प्रयोग गर्न सकिन्छ ।’ नुनखानीबाट उत्पादित नुनमा आयोडिन कम हुने हल्ला गरेपनि त्यसको अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन ।
बीस वर्षअघि सम्म मुस्ताङसहित म्याग्दीको उपल्लो भेगका सर्वसाधारणले त्यसैबाट उत्पादित नुन उपभोग गर्थे । तर बजारमा पोकाको आयोडिन नुनको माग बढ्दै गएपछि ठेकेदारले काम गर्न छाडेको स्थानीयवासी पेमा दोर्जे गुरुङले बताए।
नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी समेत पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरुलाई ठीक हुने स्थानीयवासीको माग छ ।रासस
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष