काठमाडौं – सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्ता बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन सरकारले प्रत्यारोपणलाई निःशुल्क बनाउने भएको हो,’ मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री थापाले भने । आजको नयाँ पत्रिकामा खबर छ ।
उनले दुई सय रुपैयाँमा सरकारी अस्पतालमा मिर्गौलाको परीक्षण गर्न सकिने भन्दै वर्षमा एकपटक सबैले मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिए । ‘सधैँभरि निःशुल्क उपचार गर्न सकिँदैन, मन्त्री थापाले भने, ‘निःशुल्कका नाममा खर्च भएको रकम पनि कसै न कसैले तिरेको छ । त्यसैले नागरिक आफ्नो स्वास्थ्यप्रति सदैव उत्तरदायी बन्नुपर्छ । जसले गर्दा रोग लाग्नबाट बच्न सकियोस् ।’
मन्त्री थापाले काठमाडौंमा मात्रै डाइलासिस सेवा सञ्चालनमा रहँदा उपत्यकाबाहिरका नागरिक मिर्गौला रोगको उच्च जोखिममा रहेको भन्दै सेवालाई विस्तार गर्ने बताए । उनले कानुनी बाधाका बीचमा पनि चाँडै काठमाडौंबाहिरका अञ्चल अस्पतालबाट डाइलासिस सेवा सुरु गर्ने जानकारी दिए ।सेवा सुरु गर्न प्रत्येक अञ्चल अस्पताललाई आवश्यक उपकरण किन्न रकम पठाइसकेको उनले बताए । त्यसका लागि दुई हजार स्वास्थ्य चौकीमा मिर्गौला परीक्षण गर्ने उपकरण किन्ने तयारी भइरहेको उनको भनाइ थियो ।
बिरामीका लागि निःशुल्क बस सेवा स् मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीहरूको आवत–जावतलाई ध्यानमा राखेर बिहीबारबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । उपत्यकामा गाडीको चाप र रातको समयलाई मध्यनजर गर्दै केन्द्रले ३० सिट क्षमता भएको बस सञ्चालनमा ल्याएको हो । श्रेष्ठका अनुसार सो बसले बिरामीलाई अस्पताल ल्याउने र अस्पतालबाट घर पठाउँदा सेवा दिने गर्दछ । ‘हामीले मिर्गौला बिरामीको स्वास्थ्य अवस्था हेरेर एउटा बस निःशुल्क सञ्चालनमा ल्याएका छौँ । यसले बिरामी अस्पतालमा ल्याउने र घर पु¥याउने काम गर्र्दछ,’ श्रेष्ठले भने, ‘रातको समयमा बिरामी डिस्चार्ज हुँदा र अरू समयमा पनि गाडी नपाएर बिरामी बिचल्लीमा परिरहेका हुन्छन् । सोही कारण निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हौँ ।’
केन्द्रले पहिलोपटक स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । यसै वर्षबाट सुरु भएको स्वास्थ्य पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका अतुल मिश्रलाई प्रदान गरिएको छ । विगत दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाएको भन्दै स्वास्थ्यमन्त्री थापाले २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
मिर्गौला रोगको मुख्य कारण मोटोपन स् चिकित्सकहरूका अनुसार मिर्गौला रोगको मुख्य कारण मोटोपन हो । मोटोपनले मानिसको स्वास्थ्यमा जोखिम बढाउने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।पुकारचन्द्र श्रेष्ठको भनाइ छ । मुटु, उच्च कोलेस्ट्रोल, श्वासप्रश्वासमा समस्या, कलेजोमा बोसो जम्ने, पित्तथैलीको रोग, हाडजोर्नी खिइँदै जाने, मोटोपन भएकामा क्यान्सर हुने, मानसिक समस्याको कारण पनि मोटोपनले नै गर्ने उनले बताए । ‘सामान्य तौल भएका मानिसमा भन्दा बढी तौल भएकामा मिर्गौला फेल हुने सम्भावना चार गुणाले बढी हुने भएका कारण मोटोपन घटाउनु जरुरी छ,’ श्रेष्ठले भने ।
नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिकाले फ्रन्टपेजमा छापेका छन् । भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो ।
२७ फागुन, काठमाडौं । नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिकाले फ्रन्टपेजमा छापेका छन् । भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो ।
त्यस्तै, जाजरकोटमा भएको बस दुर्घटनमा २६ जनाको मृत्यु भएको समाचार पनि सबै पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने फरक(फरक छापिएको छ । मन्त्रीपरिषद् विस्तार भएको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।
यससँगै नयाँ पत्रिका दैनिकले गोरखाकी ७० वर्षीया कुकमाया चेपाङले नागरिकता पाएको समाचारलाई प्राथमिकता दिएको छ । आइतबारदेखि नयाँ स्थानीय संरचना कार्यान्वयन हुने समाचारलाई नागरिक दैनिकले महत्व दिएको छ ।
राजधानी दैनिकले चैत १० गतेभित्रै मतदान केन्द्र निर्धारण हुनेलाई एङ्कर न्यूज बनाएको छ । मिर्गौला प्रत्यारोपण वैशाखदेखि निशुल्क हुने समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।
त्यस्तै, जाजरकोटमा भएको बस दुर्घटनमा २६ जनाको मृत्यु भएको समाचार पनि सबै पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने फरक(फरक छापिएको छ । मन्त्रीपरिषद् विस्तार भएको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।
यससँगै नयाँ पत्रिका दैनिकले गोरखाकी ७० वर्षीया कुकमाया चेपाङले नागरिकता पाएको समाचारलाई प्राथमिकता दिएको छ । आइतबारदेखि नयाँ स्थानीय संरचना कार्यान्वयन हुने समाचारलाई नागरिक दैनिकले महत्व दिएको छ ।
राजधानी दैनिकले चैत १० गतेभित्रै मतदान केन्द्र निर्धारण हुनेलाई एङ्कर न्यूज बनाएको छ । मिर्गौला प्रत्यारोपण वैशाखदेखि निशुल्क हुने समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।
गोरखा मकैसिङ–१ पाङखोलाका सुनबहादुर चेपाङको बिहीबार बिहान श्रीमती कुकमायालाई फकाउनमै बित्यो । करिब ३५ वर्षदेखि अर्धनग्न बस्दै आएकी श्रीमतीलाई नागरिकता बनाउन जानका लागि उनले बिहान ११ बजेसम्म जोडबल गरे । आजको नयाँ पत्रिकामा खबर छ ।
मान्छे धेरै जम्मा भएको ठाउँमा जान कुकमाया मान्दै मानिनन् । श्रीमतीको नागरिकता बनाउन श्रीमान् सुनबहादुरले विभिन्न बहाना बनाए । ‘मान्दै मानिनन्, बजार लगेर टन्न मीठो–मीठो खानेकुरा खुवाउँछु भनेर नागरिकता बनाउन यहाँ ल्याएँ,’ सुनबहादुरले भने । बिहीबार जिल्ला प्रशासन कार्यालयले मकैसिङ–२ बुटारमा घुम्ती शिविर आयोजना गरेको थियो ।
७० वर्षसम्म मान्छेको भीडभाड नदेखेकी कुकमायालाई नागरिकता नबनुन्जेल त्यहाँ बस्न निकै सकस भएको थियो । कपाल जिङग्रिंग भएकी र कालो रङको फरिया मात्र लगाएकी कुकमायालाई हेर्नेको संख्या बढ्दै गएपछि उनी आत्तिन्थिन् । ‘मेरी आमा पुल तर्न मान्नुहुन्न, ठूलो मान्छेको खालमा पनि बस्नुहुन्न, कि घर, कि पखेराबाहेक अहिलेसम्म आमाले अरू देख्नु पनि भएको छैन,’ दीपकले भने ।
३५ वर्षदेखि कुकमाया शरीरमा पूरा कपडा पनि लगाउन मान्दिनन् । बिहीबार उनलाई प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको हातबाट नागरिकता वितरण गरियो । नागरिकता समात्न नमानेपछि उनलाई बिस्कुट दिएर फकाउनुपर्यो । नागरिकता नहुँदा उनले वृद्घभत्ता पाउन सकेकी थिइनन् । नागरिकता बनाउँदा हुने फाइदा थाहा नपाउँदा चेपाङ समुदायका कतिपय वृद्घवृद्घाले नागरिकता नबनाउने गरेको ताङलीचोक गाविसका सचिव सूर्यबहादुर बरालले बताए । बिहीबार घुम्ती शिविरबाट ३२ जनाले नागरिकता बनाए । तीमध्ये अधिकांश चेपाङ समुदायका थिए ।
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका