March 5, 2017

१० जिल्लामा १९ स्थानीय तह थप्ने तयारी : खोटाङ र नुवाकोटको विवाद मन्त्रिपरिषदमा

फागुन २२ काठमाडौं – स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप गर्ने प्रारम्भिक मस्यौदा तयार गरेको छ । प्रदेश नम्बर २ का आठ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का एक–एक जिल्लामा स्थानीय तह थप गर्र्ने तयारी कार्यदलले गरेको हो ।

स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको कार्यदलले बढाउन चाहेको संख्यासमेत जोडिए अब स्थानीय तहको नयाँ संख्या ७ सय ३८ पुग्नेछ ।

आयोगले अधिकतम सात सय ४४ सम्म स्थानीय तहको संख्या बनाउन सक्ने मापदण्ड तयार गरेको थियो । कार्यदलले विवादित जिल्लामा संख्या थप गर्न बाध्यात्मक अवस्था आएमा मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने अधिकार प्रयोग गरी सात सय ३८ वटा सिफारिस गर्ने तयारी गरेको स्थानीय विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कार्यदलले आज प्रतिवेदन बुझाउँदै : संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डेले प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए । पाण्डेले भने, ‘प्रतिवेदनको औपचारिक टुंगो लागेको छैन, तर पनि चाँडै बुझाउने तयारीमा छौँ ।’ मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि सकेसम्म प्रतिवेदन आइतबार बुझाउने प्रयास भइरहेको जानकारी दिए । प्रतिवेदनको मस्यौदा तयार भइसकेको उनको भनाइ छ ।

४५ प्रतिशतको प्रस्तावले समस्या : तराईमा स्थानीय तहको संख्या ४५ प्रतिशत पुर्‍याउनुपर्ने कांग्रेसको धारणाका कारण कार्यदलले संख्या टुंगो लगाउन नसकेको स्रोतले बतायो । स्रोतका अनुसार मधेसी मोर्चाका सांसदले पनि कार्यदलसँगको छलफलमा तराईमा स्थानीय तहको संख्या ४५ प्रतिशत पुर्‍याए स्वीकार गर्ने बताउने गरेका छन् । आयोगले तोकेको संख्याका आधारमा मात्र हेर्दा तराईमा स्थानीय तहको संख्यात्मक प्रतिनिधित्व ३६ प्रतिशत मात्र छ । प्रधानमन्त्री प्रचण्ड ४० प्रतिशतसम्म पुर्‍याउन सकिने, तर मोर्चाले निर्वाचनमा सहभागी हुने ग्यारेन्टी गरी हस्ताक्षर गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

खोटाङ र नुवाकोटको विवाद मन्त्रिपरिषदमा पठाइने : खोटाङ र नुवाकोटका स्थानीयको आन्दोलन कसरी सम्बोधन गर्ने भन्नेमा कार्यदलमा अन्योल छ । गाउँपालिकाका वडा र नाम परिवर्तनको आन्दोलनमा रहेका ती जिल्लाका स्थानीय दुई धारमा बाँडिएपछि कार्यदल समस्यामा परेको हो । स्रोतका अनुसार एकल निर्णय दिँदा समस्या हुने भएकाले सुझाब दिएर मन्त्रिपरिषद्लाई नै निर्णयको जिम्मा दिने तयारी भएको छ । कार्यदल संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेले खोटाङ र नुवाकोटको विषयमा सैद्धान्तिक आधार तयार गरी सिफारिसको तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक