कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गतेदेखि हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० तथा छात्रा २ लाख ३३ हजार ८ सय ६३ छन्। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।
पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम परीक्षा दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढी छ। ‘सरकारले छात्रामा गरेको लगानीको प्रतिफल देखिन थालेको छ,’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले भने।
सरकारले प्रत्येक छात्रालाई छात्रवृत्ति दिइरहेको छ। छात्रामैत्री शौचालय व्यवस्थाको अभियान नै चलेको छ। ०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष १० कक्षाको परीक्षा दिन लागेका हुन्।
शिक्षा विभागका अनुसार त्यस वर्ष कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भएका थिए। भर्ना भएका मध्ये ८ लाख ६९ हजार विद्यार्थी कक्षा १० सम्म पनि आइपुगेनन्।
१ कक्षामा भर्ना भएका मध्ये ३५ प्रतिशत विद्यार्थीमात्र हाल १० कक्षाको परीक्षाको तयारीमा छन्।
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका