१९ फागुन,चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले आवेदन दिएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार उक्त कार्यक्रमका लागि एक हजार ६०० र कृषि ब्लकका लागि ५०० भन्दा बढी किसानको आवेदन परेको हो । जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्रेष्ठले आएका आवेदनको छानबिन सुरु भएको र आगामी महिनामा कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उहाँले चितवनमा पकेट क्षेत्रका लागि ७० वटा क्षेत्र तय गरिए पनि १०० को आवेदन परेको जानकारी दिनुभयो । यसमा धान, मकै, तरकारी, माछा, आलु, केरा, गहुँ, सुन्तला उत्पादक किसान छन् ।
पकेट क्षेत्र निर्माण गर्न कम्तीमा १० हेक्टर क्षेत्रफल हुनुपर्ने उल्लेख छ । चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन, पकेट र ब्लक गरी तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । यसको कुल बजेट रु सात करोड ३० लाख ७७ हजार छ । कृषि ब्लकअन्तर्गत माछा र धानखेती परेको छ । पूर्वी चितवनमा धान र दक्षिण माडीमा माछाको ब्लकका लागि छुट्याइएको कार्यालयले जनाएको छ । एउटा ब्लकका लागि कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्छ । परियोजनाअन्तर्गत झन्डै रु एक करोडको कार्यक्रम कृषि जोनका लागि आएको श्रेष्ठले बताउनुभयो । कृषि जोनअन्तर्गत पश्चिम चितवनमा तरकारी उत्पादनका लागि कार्यक्रम सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी जोन कार्यक्रमका प्रमुख सोमनाथ घिमिरेले परियोजनाबारे जानकारी दिँदै न्यूनतम ५०० हेक्टर क्षेत्रमा तरकारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको बताए । चितवनको नारायणी, चित्रवन नगरपालिका र भरतपुर उपमहानगरपालिकाका केही क्षेत्रलाई समेटेर परियोजना सञ्चालन गरिएको उनको भनाइ छ । उनले जुन जिल्लामा जे सम्भावना छ, त्यही जिल्लामा त्यही कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार तरकारी जोनको रुपमा चितवनमा कार्यक्रम आएको बताए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा