March 2, 2017

​कृषि पकेट क्षेत्र निर्माणका लागि १६ सयले दिए आवेदन

१९ फागुन,चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले आवेदन दिएका छन् ।  जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार उक्त कार्यक्रमका लागि एक हजार ६०० र कृषि ब्लकका लागि ५०० भन्दा बढी किसानको आवेदन परेको हो । जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्रेष्ठले आएका आवेदनको छानबिन सुरु भएको र आगामी महिनामा कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।  उहाँले चितवनमा पकेट क्षेत्रका लागि ७० वटा क्षेत्र तय गरिए पनि १०० को आवेदन परेको जानकारी दिनुभयो । यसमा धान, मकै, तरकारी, माछा, आलु, केरा, गहुँ, सुन्तला उत्पादक किसान छन् ।

पकेट क्षेत्र निर्माण गर्न कम्तीमा १० हेक्टर क्षेत्रफल हुनुपर्ने उल्लेख छ ।  चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन, पकेट र ब्लक गरी तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । यसको कुल बजेट रु सात करोड ३० लाख ७७ हजार छ । कृषि ब्लकअन्तर्गत माछा र धानखेती परेको छ । पूर्वी चितवनमा धान र दक्षिण माडीमा माछाको ब्लकका लागि छुट्याइएको कार्यालयले जनाएको छ । एउटा ब्लकका लागि कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्छ ।  परियोजनाअन्तर्गत झन्डै रु एक करोडको कार्यक्रम कृषि जोनका लागि आएको श्रेष्ठले बताउनुभयो । कृषि जोनअन्तर्गत पश्चिम चितवनमा तरकारी उत्पादनका लागि कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी जोन कार्यक्रमका प्रमुख सोमनाथ घिमिरेले परियोजनाबारे जानकारी दिँदै न्यूनतम ५०० हेक्टर क्षेत्रमा तरकारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको बताए ।  चितवनको नारायणी, चित्रवन नगरपालिका र भरतपुर उपमहानगरपालिकाका केही क्षेत्रलाई समेटेर परियोजना सञ्चालन गरिएको उनको भनाइ छ । उनले जुन जिल्लामा जे सम्भावना छ, त्यही जिल्लामा त्यही कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार तरकारी जोनको रुपमा चितवनमा कार्यक्रम आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग