काठमाडौंमा खानेपानीको हाहाकार

water-patan-123काठमाडौं, १७ फागुन – सुख्खा याम र गर्मी मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव चर्किएको छ । सरकारले खानेपानी आपूर्तिको उचित व्यवस्थापन नगर्दा खानेपानीको अभाव बर्सेनि चुलिँदै गएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार हाल उपत्यकामा दैनिक साढे ३७ करोड लिटर खानेपानीको माग छ । तर मागअनुसार खानेपानीको वितरण नहुँदा उपत्यकावासी ‘काकाकुल’ (पानीका लागि मेघमा भर पर्ने एक पञ्छीजस्तै) बनेका छन् ।
खानेपानीको सुविधा प्रत्येक नागरिकको आधारभूत अधिकार भएपनि उपत्यकाका कतिपय स्थानमा १०÷१५ दिनसम्म पनि पानी आपूर्ति हुन नसक्ने स्थिति छ ।
हाल उपत्यकामा ९ करोड लिटर पानी वितरण हुन्छ । तर वितरण गरिने सबै पानी उपभोक्ताकहाँ पुग्दैन । ९ करोड लिटर खानेपानीमध्ये ४० प्रतिशत पानी चुहिएरै सकिन्छ । दैनिक आपूर्ति हुने पानीमध्ये ३ करोड ६० लाख लिटर पानी चुहावटमै सकिने बताएको छ ।
मागको अत्यन्त कम परिमाण मात्र खानेपानी वितरण गर्ने र वितरण भएको पानी पनि चुहावटमा खेर जाँदा उपभोक्ताकहाँ पुग्ने पानी ५ करोड ४० लाख लिटरमात्र हुन्छ । काठमाडौं उपत्यकामा दैनिक मागको आधारमा संस्थानले वितरण गर्ने पानीको हिस्सा १५ प्रतिशतमात्र हुन आउँछ ।
सरकारले खानेपानीको माग पूरा गर्न नसकेपछि यसको फाइदा निजी क्षेत्रका ट्याङ्कर व्यवसायीले लिँदै आएका छन् । व्यवसायीका अनुसार हाल उपत्यकामा दैनिक झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको खानेपानीको कारोबार हुन्छ ।
उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघका अनुसार हाल उपत्यकामा ट्याङ्करमार्फतमात्र दैनिक ५ करोड लिटर पानी बिक्री हुन्छ ।
व्यवसायीले भक्तपुरको झौखेल, ललितपुरको गोदावरी, काठमाडौंको मातातीर्थ, चाल्नाखेल, बालाजु, स्वयम्भू, जोरपाटी लगायतका स्थानबाट खानेपानी ल्याउँछन् ।
संघ अन्तर्गतका व्यवसायीले मात्र ६ सय ५० ट्याङ्करबाट उपत्यकामा खानेपानी बिक्री गर्दै आएका छन् ।
व्यवसायीले ५ हजार लिटरको १६ सय रुपैयाँ, ८ हजार लिटरको २ हजार २ सय रुपैयाँ र १२ हजार लिटरको ३ हजार रुपैयाँ लिँदै आएका छन् ।
ट्याङकरबाटमात्र उपत्यकाका करीब ४ हजार घर तथा कार्यालयमा पानी आपूर्ति हुन्छ । ‘अहिलेसम्म त मागअनुसार आपूर्ति गरिरहेका छौं,’ संघका अध्यक्ष विष्णु दाहालले लोकान्तरसँग भने, ‘चैतपछि त व्यवसायीलाई मागै धान्न गाह्रो पर्छ ।’
हाल ट्याङ्करबाटमात्रै दैनिक ८० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । त्यस्तै, जार तथा बोतलको पानीको वितरण पनि उच्च रहेको व्यवसायी बताउँछन् । त्यस्तै, पानी प्रशोधन गरी व्यवसायीले उपत्यकामा दैनिक जारमार्फत बीस लाख लिटर र बोटलमार्फत करीब साढे २ लाख लिटर पानी बिक्री गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो