९ फागुन, काठमाडौं । ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदिने हडतालले तीन दिनदेखि इन्धन वितरण प्रभावित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।
ट्यांकर चालकले आयल निगमको ढुवानी विनियमालीमा भएको संशोधनलाई लिएर शुक्रबार इन्धन लोड–अनलोड र ढुवानी ठप्प पारेका थिए । सोही कारण शुक्रबार, शनिबार र आइतबार पम्पमा लामो लाइन लागेको छ । ट्यांकर चालकले विभिन्न १५ बुँदे माग निगमसमक्ष राखेका छन् ।
आयल निगमले ढुवानी विनियमावली संशोधन गर्दै एउटा ट्यांकरबाट २ सय लिटरभन्दा बढी तेल कम देखिए चालकले प्रचलित मूल्यको दोब्बर बढी रकम जरिवानाबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । निगमले बीचबाटोमा हुने तेल चोरी नियन्त्रण गर्न विनियमावली कडा बनाएको हो ।
तर, चालकले यसको विरोध गरेका छन् । उनीहरूले प्राविधिक नोक्सानी हुने भएकाले तोकिएको लक्ष्यभन्दा कम भए परिमाणबराबरको रकम प्रचलित मूल्यअनुसार मात्रै भुक्तानी गर्न सक्ने जनाएका छन् । त्यस्तै निगमले आवश्यकताका आधारमा ट्यांकर थप गर्दा एउटा व्यावसायीले कम्तीमा ५ वटा ट्यांकर चलाउनुपर्ने मापदण्ड बनाएको छ । चालकले यो मापदण्डको पनि विरोध गरेका छन् ।
अहिले व्यक्तिपिच्छे ट्यांकर चालक हुने र सबैजसो चाकलले आफ्नै ट्यांकरबाट ढुवानी गरिरहेका छन् । धेरै ढुवानी व्यवसायी हुँदा बारम्बार समस्या झेलेको निगमले थोरै व्यवसायीसँग धेरै ट्यांकर भाडामा लिएर सञ्चालन गर्न खोजेको हो । ट्यांकर साहुसमेत रहेका चालकले एउटा व्यक्तिले एउटा ट्यांकर पनि भाडामा चलाउन पाउनुपर्ने माग गरेका हुन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक