ट्रम्पले गरे इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

1487207958trumpकाठमाडौं, फागुन ५ । अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ ।

ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताएका हुन् ।

आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उनले एक वृहत शान्ति सम्झौता गराउने र त्यसका लागि दुबै पक्षले मन मार्नपर्ने सुझाव दिए ।

ट्रम्पले विवादित क्षेत्रमा नयाँ भवन बनाउने काम केही समयका लागि बन्द गर्न पनि आह्वान गरे ।

गएको महिना मात्र ट्रम्प राष्ट्रपति बन्ने बित्तिकै इजरायलले पश्चिमी किनारा र पूर्वी जेरुशलममा हजारौ घर बनाउन स्वीकृत दिएको थियो ।

इजरायल र प्यालेष्टायनबीच सन् २०१४ देखि वार्ता हुन सकेको छैन । इजरायल र प्यालेष्टायनबीच दशकौंको संघर्ष समाधानका लागि दुई पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष्य बनाएका थिए ।

यसै आधारमा पश्चिमी किनारा, गजापट्टी र पूर्वी जेरुशलममा १९६७ को युद्धविराम रेखाभन्दा पहिलाको क्षेत्रमा एक स्वतन्त्र प्यालेष्टायनी राष्ट्र बनाइने र उसले इजरायलसँग शान्तिपूर्ण सम्बन्ध बनाउने भन्ने थियो ।

यसमा संयुक्त राष्ट्रसंघ, अरब लीग, यूरोपीय यूनियन, रुस र अमेरिकाले पटक पटक आफ्नो प्रतिवद्धता जनाएका थिए । तर अहिले ट्रम्पले उक्त नीतिबाट पछि हट्ने संकेत दिएका हुन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध