आइजीपी प्रकरणले लियो नयाँ मोड : डाक्टरले समाले प्रहरीको कमान्ड

1-IMG_0001-840x405काठमाडौं– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमबारदेखि प्रहरी प्रधान कार्यालय छाडेका छन् ।
तीस बर्षे सेवा अवधिका कारण अनिवार्य अवकास पाएका अर्याललाई प्रहरी हेडक्वार्टरले एक समारोहको आयोजना गरेर विदाई गरेको छ

विदाई समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले आफ्नै भविष्य प्रति अन्योल रहेको प्रहरीले जनताको घाउमा मल्हम लगाउने बारे चिन्ता ब्यक्त गरेका छन् ।
‘आफ्नौ भविष्यको विषयमा अन्योल, चिन्ता, र ब्यग्रता रहेको प्रहरीले अरुको घाउमा मल्हम कसरी लगाउला’ प्रश्नात्मक शैलीमा उनले भने, ‘मुस्कान सहतिको प्रहरी सेवा कसरी देला ? सम्वद्धलाई चेत कहिले आउला ?’

संविधान कार्यान्वयनका सुरक्षा चुनौती, अपराधका क्षेत्रमा देखिएका नयाँ प्रबिधीका बिच आफ्नो जागिर निर्वाह गरिरहेका प्रहरीको ब्यवसायिकता र मनोवल तर्फ चिन्ता गर्ने समय आईसकेको उनको भनाई थियो ।

तीन दशकको प्रहरी जिवन सार्थक एवं अविस्मरणीय रहेको उल्लेख गर्दै अर्यालले भने, ‘जीवन पर्यन्त यो समाजमा मेरो चिनारी एउटा प्रहरीकै रुपमा हुनेछ, त्यसैले सेवाबाट निवृत भएपनि मेरो भावना संगठन र तपाईहरुबाट कहिल्यै टाढा हुनेछैन ।’

‘अँध्यारो नभै उज्यालो हुन्न, नेगेटिभ पोजेटीभ नभैकन बत्ति बल्दै, मभित्र पनि त्यस्ता हरेक फ्याक्टरहरुको सम्मिश्रण छ, सन्त या असल छु भनेर आफुलाइ दावी गर्दिन्’ उनले भने, ‘आफुभित्रको सकारात्मक पक्षलाई प्रवर्दन गरेर संगठनलाई नेतृत्व दिएँ, सच्चा पहरेदार बनेर सके सपारौं नसके बनिगारौं भनेर संगठनको हितमा डटीरहेँ ।’

आफ्नो मान्छे परेमा छाड्न भन्ने र अर्काको थुन्न आग्रह गर्ने समाजिक प्रवृत्ति गलत रहेको उल्लेख गर्दै उनले भने, ‘यस्तो प्रवृत्ती कायम रहेसम्म सवै दोष प्रहरीको थाप्लोमा मात्र राखेर सुख पाईन्छ जस्तो मलाई लाग्दैन ।’

‘केही दोष हाम्रो पनि छ, हाम्रो जनशक्तिको समस्या हामिले संवोधन नगरेमा उसले अनेक बाटो खोज्दै हिँड्नु स्वभाविक हो’ उनले भने, ‘केवल ब्यीक्तत हितका लागी संगठनलाई अनिर्णयको बन्दि बनाउने प्रवृत्ति र सोचले गर्दा आउने दवावले संगठनलाई कदापी भलो गर्दैन् ।’

चुल्हो तताएर भात खुवाउने कार्यालय सहायकहरु प्रति कृतज्ञता ब्यक्त गर्दै अर्यालले भने, ‘जवान र हवाल्दार जसले कर्तब्यको दौरानमा बुट खियाएर कर्तब्य निभए, अधिकृत हरुले जसले विभागीय निती निर्देशन पालना गरे गराए, तपाईहरु सवैप्रति कृतज्ञ छु ।’
१० एआईजी र तिन डिआईजीको पनि बिदाई

प्रहरी प्रधान कार्यालयले अर्यालसँगै अनिवार्य अवकास पाएका दश जना एआईजी र तिन जना डिआईजीलाई एकसाथ बिदाई गरेको छ । आर्यालसँगै नेपाल प्रहरीमा प्रवेश गरेका एआइजीहरु राजेन्द्रसिंह भण्डारी, विरेन्द्रबावु श्रेष्ठ, रमेश शेखर बज्रचार्य, प्रताप सिंह थापा, शुरेन्द्र बहादुर शाह लगायतका दश एआईजीले अनिवार्य अवकास पाएका छन् ।

त्यस्तै मनोहर रिमाल सहितका तिन डिआईजिले अनिवार्य अवकास पाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिकतर्फका एआईडी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुख बनाउने निर्णय गरेको छ ।

यसअघि डिआईजी जय बहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त