हात हेराए, ज्योतिषीले भनेको केही नमिलेको: राजनराज सिवाकोटी

rajanrajराजनराज सिवाकोटी अहिलेका चर्चित गायक एवं संगीतकार हुन् । उनको शब्द, संगीत र स्वर रहेको दुई गीतले एकपछि अर्को गरी युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको कीर्तिमान राखिसकेका छन् ।
लोक गायन हुँदै संगीतमा प्रवेश गरेका सिवाकोटीले लोकसंगीतको क्षेत्रमा पहिलो पटक लोक तेहरी एल्बम ल्याएका थिए, ‘वार्ता गराइदेऊ’ । पछिल्लो समय भने लोकसंगीतलाई फिल्ममा प्रवेश गराउँदै लोकप्रियता पाइरहेका छन् ।उनै संगीतकारसँग गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
– म ढिलोमा साँढे पाँच बजे उठिसक्छु । उठेपछि १० मिनेट जति पूजापाठमा बित्छ । जाडो याममा मर्निङ वाकमा निस्किन्नँ, घरमै सामान्य एक्सरसाइज गर्छु । एक कप कालो चिया पिएपछि रियाजमा बस्छु ।

ब्रेकफाष्टमा के हुन्छ ?
– मेरो खासै ब्रेकफाष्ट हुन्न । बिहान नौ बजेतिर श्रीमतीले पकाएको तातो भात खान्छु ।

प्रायः घरबाट कति बजे निस्कनुहुन्छ ?
– बिहान नौ बजे निस्कन्छु । रेकर्डिङ भएको बेला चाँडै पनि निस्कनुपर्ने हुनसक्छ । बेलुका ढिलोमा सात बजे घर आइसकेको हुन्छु ।

आजको कार्यक्रम ?
बिहान नौ बजे घरबाट निस्किएँ । स्टुडियोमा काम छ । दिउँसो एक बजेदेखि चार बजेसम्म भोकलको पनि काम गर्नु छ । त्यसपछि आजको सेड्युलमा अरु काम छैन ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
– खासै चलाउँदिनँ । चलाउनेभन्दा पनि म हेर्छु ।  साँच्चै भन्ने हो भने फेसबुक चलाउने फुर्सदै हुँदैन । कहिले त ३/४ दिनसम्म पनि चलाएको हुन्नँ ।

सबैभन्दा मज्जा के कुरामा लाग्छ ?
– जब म बिहानीपख रियाजमा बस्छु, त्यसबेला निकै रमाइलो अनुभूति हुन्छ ।

मनोरञ्जन कसरी लिनुहुन्छ ?
– म जे काम गर्छु, त्यही कामबाट पनि मनोरञ्जन लिने प्रयास गर्छु । छोरीहरुसँग खेल्दा बढी रमाइलो हुन्छ ।

छोरीलाई स्कूल ल्याउने-पुर्‍याउने गर्नुभएको छ ?
– बिहान म रियाजमा हुन्छु । छोरीलाई स्कूल पुर्‍याउन सम्भवै हुन्न । बेलुका ७ बजेभन्दा अगाडि आइपुग्ने चान्स नै हुँदैन । कहिलेकाहीँ बिहान केही काम भएन भने मैले स्कूल पुर्‍याउँदा छोरीहरु निकै खुसी हुन्छन् ।

ज्योतिषीलाई हात हेराउनुभएको छ ?
१२ वर्ष जति अगाडि एक पटक हेराएको थिएँ । ज्योतिषीले भनेको केही पनि मिलेन । त्यसपछि कहिल्यै हेराएको छैन ।

पहिलो पटक गीत रेकर्डिङ गर्दाको क्षण याद छ ?
– कालिकास्थानमा एउटा स्टुडियो थियो । आफैंले कम्पोज गरेको गीत थियो, ‘साउने खोला उर्लेर आयो’ । गाउन भनेर गएँ, माइक अगाडि उभिनासाथै नर्भस भएर स्वर नै भासियो । गाउनै सकिनँ । पछि त्यही गीत काकाले गाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्ध दर्शन र वातावरणीय चेतना सम्बन्धि एक चर्चा

तारा निधि पन्त श्रावण १०, २०८२ “प्रदूषण र जलवायु संकटविरुद्ध बुद्धको योगदान अर्थात बौद्धदर्शन र

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय