सबैभन्दा धेरै चर्चा र चासोको विषय बन्दछ यौन । त्यसैले यस विषयमा अनेकन अध्ययन, अनुसन्धान र बहस हुने गरेका छन् । अझ कतिपय अध्ययन त यस्ता अनौठा हुन्छन् र अध्ययनबाट निस्किने निष्कर्ष झनै अविश्वसनीय खालका हुने गर्दछन् कि झ्वाट्ट सुन्दा पत्याउनै गाह्रो पर्दछ । सेक्सका विषयमा भएका पाँच रोचक अध्ययन र तिनका निष्कर्ष यस्ता छन्ः
१. पत्याउन गाह्रो पर्ला । तर सन् २००५ मा भएको एक अध्ययनले इन्टरनेटमा गरिने खर्चमध्ये आधाजसो त सेक्ससँग सम्बन्धित हुने गरेको तथ्य पत्ता लगाएको थियो । सेक्सुअल एडिक्सन एण्ड कम्पल्सिभिटी जर्नलमा छापिएको अध्ययनअनुसार इन्टरनेटमा पोर्न साइटहरुमा पैसा तिरेर पोर्न सामग्रीहरु हेर्ने तथा पोर्न म्यागेजिन हेर्ने कार्यमा पोर्न पारखीहरुले ठूलो धनराशी खर्चिरहेका हुन्छन् ।
२. भैपरी सहवास स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यो भनिरहँदा आफ्नो पार्टनरप्रति इमान्दार जोडीहरुलाई चित्त नबुझ्ला । तर अमेरिकाको न्युयोर्क विश्वविद्यालय र कोर्नेल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानअनुसार आफ्नो पार्टनर बाहेकका महिला पुरुषहरुसँग गरिने भैपरी सम्भोग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । क्याजुअल सेक्सले मानिसमा निरासा तथा डिप्रेसन घटाउने र आत्मविश्वास बढाउने अध्ययनले देखाएको छ ।
३. पुरुषले फर्सी खानुपर्छ, कारण रोचक छ । दी स्मेल एण्ड टेस्ट टि्रटमेन्ट रिसर्च फाउन्डेसन, शिकागोले गरेको अध्ययनले यो रोचक तथ्य पत्ता लगाएको छ कि फर्सीले पुरुषको यौनांगमा रक्तप्रवाह बढाउँदछ । त्यसैले उत्तेजनाको समस्या बेहोरिरहेका पुरुषहरुले आफ्नो दैनिक भोजनमा फर्सीलाई समावेश गर्नैपर्छ ।
४. ठूलो यौनांग हुने पुरुषलाई पार्टनरले धोका दिन्छन् । निकै हास्यास्पद तर सत्य । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा छापिएको शोधअनुसार पुरुषको यौनांग जति लामो भयो उनीहरुका पत्नीले धोका दिने सम्भावना उति नै बढी हुन्छ । अध्ययनमा सहभागी गराइएका महिलाहरुका अनुसार उनीहरुले पार्टनरको ठूलो यौनांगबाट सिर्जित पीडा सहन निकै गाह्रो हुने बताए । जसकारण उनीहरु सानो हतियारधारीको खोजीमा रहन्छन् ।
५. सहवास चाहनेले घरायासी धन्दा छाड । अमेरिकन सोसियोलोजिकल रिभ्यू जर्नलमा छापिएको शोधअनुसार दम्पतीहरुले जतिधेरै घरायासी धन्दाहरु एक आपसमा बाँडेर गर्छन्, उनीहरुबीच उती नै कम सेक्स हुन्छ । शोधकर्ताहरुका अनुसार जो पुरुषहरु प्रायः गृहिणी महिलाले गर्ने कामहरु जस्तैः सरसफाइ, लुगा धुने, ओछ्यान मिलाउने, भ्याकुम लगाउने, भान्साको काम आदि गर्न मन पराउँछन् । उनीहरु आफ्नो श्रीमतीसँग सेक्सको मामिलामा कमजोर हुन्छन् । जबकि घरायासी धन्दामा ध्यान नदिने पुरुषहरुले बढी सेक्स गर्दछन् । टाइम्स अफ इण्डिया
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको