पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीमाथि लगातार बलात्कारमा संलग्न एक सिरियल रेपिस्टलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।
सोधपुछका क्रममा आरोपीले आफूमाथिको आरोप स्वीकार गर्दै पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन्।
बलात्कार आरोपी सुनिल रस्तोगीको दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा पठाएको छ । उनले किशोरीहरुलाई कुनै वस्तु दिनका लागि बाबुआमाले पठाएको भन्दै फसाउँदै गर्ने गरेका थिए।
एक अधिकारी ओमवीर सिंहले उनले नाबालिग युवतीलाई निशाना बनाउने गरेको बताएका छन्। जब कुनै बालिका स्कुलबाट घर जाने आउने गरेको देखेपछि तिनीहरुलाई बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने गर्दथे।
आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको मुद्धा छ । ३८ वर्षीय आरोपी ३ छोरी र २ छोराका बाबु हुन्।
-राजधानी दैनिकबाट
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र