प्रचण्ड र देउवाबीच आइजीपी नियुक्तिमा झगडा

4-DIG-Nepal-Police (1)२७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे विवाद चर्किएको छ । यही विवादका कारण आज(बिहीबार) बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा  उभिएका छन् । प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने प्रचण्डले बताए पनि देउवाले चाहिँ तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजी बनाउन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘देउवाजीले चन्दलाई आइजी नबनाउने हो भने राजीनामा दिन गृहमन्त्री विमलेन्द्र निधीलाई चेतानवी दिइसक्नुभएको छ, कांग्रेसका मन्त्रीहरुलाई पनि क्याबिनेटमा सिलवालको प्रस्ताव आएमा विरोध गर्न निर्देशन दिनुभएको छ ।’ सिलवाललाई नबनाउने हो भने दोस्रो बरियताका प्रकाश अर्याललाई बनाऔं न त भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई अप्सन दिएको स्रोतले  बतायो । अहिलेसम्म बरियता मिच्दा पनि दोस्रो भन्दा तल गएको इतिहास नरहेको भन्दै प्रधानमन्त्रीले तेस्रो बरियतामा जानै नसकिने बताएका थिए । तर, देउवाले भने जसरी पनि चन्दलाई बनाउनै पर्छ भनेर अड्डी कसेपछि प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक नै स्थगित गरिदिएका छन् ।

विहीबार बिहानै बालुवाटार पुगेका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्गथित भएको सूचना मन्त्रीहरुलाई दिन भनेका छन् ।

नेपाली कांग्रेसका नेताहरुले विगतमा प्रहरीको सरुवा र बढुवामा पैसाको चलखेल गर्ने गरेका थिए । यसपटक चाहिँ बरियता मिचेर आइजी बनाउने खेलमा आर्थिक लेनदेनले काम गरेको छ कि छैन भन्ने चाहिँ बाहिर आइसकेको छैन  । कांग्रेस सभापति देउवाले आइजी नियुक्तिको अधिकार नेपाली कांग्रेसले पाउनुपर्ने जिकिर प्रधानमन्त्री प्रचण्डसँग गरेका छन् । तर, प्रचण्डले चाहिँ बरियता मिचेर तेस्रोमा भएको व्यक्तिलाई आइजी बनाउन नसक्ने र यसले प्रहरी संगठनमा निराशा उत्पन्न हुने तर्क गरिरहेको स्रोतले बतायो ।

बहालवाला एआइजीहरुले पनि उपेन्द्रकान्त अर्यालसँगै फागुन ३ गतेदेखि अवशकाश पाउने भएकाले डीआइजीहरुबाट आइजी छनौट गर्न लागिएको हो । देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द छन् ।

चन्दले देउवाको साथ पाएका छन् । साथै उनले केही साताअघि दिल्लीको समेत भ्रमण गरेका थिए, जसलाई समेत लाइन मिलाउने प्रयासका रुपमा व्याख्या गरिएको छ । तेस्रो बरियताका डीआइजी चन्दले आफू पनि सुदुरपश्चिमको भएको र आफूलाई आइजी बनाए कांग्रेसलाई चुनाव जित्न सजिलो हुने देउवालाई आश्वासन दिएका छन् । साथै उनले कांग्रेसका विभिन्न जिल्लासभापति मार्फत् देउवालाई कन्भिन्स गरेको स्रोत बताउँछ ।

नेपाली कांग्रेसका नेताहरुले विगतमा प्रहरीको सरुवा र बढुवामा पैसाको चलखेल गर्ने गरेका थिए । यसपटक चाहिँ बरियता मिचेर आइजी बनाउने खेलमा आर्थिक लेनदेनले काम गरेको छ कि छैन भन्ने चाहिँ बाहिर आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन