२६ माघ, काठमाण्डौ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो ।
यसअघि यही पुस २६ देखि माघ १५ गतेसम्म कायम गरिएको प्रदर्शनी ११ दिन थप गरिएको थियो । सो प्रदर्शनी आजसम्म कायम गरिएकोमा अब २० दिन थप गरिएको छ ।
‘समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह’ नामक कृतिमा ‘नेपालको एकीकरण र राष्ट्रिय एकता’ शीर्षकमा जगमान गुरुङ तथा योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दीव्योपदेशका सन्दर्भमा र राष्ट्रिय एकताप्रतिको जनभावना प्रतिविम्बित तत्कालीन साहित्यमा आफ्नो विचार र अनुभव लेख्नुभएको छ ।
पृथ्वीनारायण शाहसँग सम्बन्धित स्मारिका, महाकवि देवकोटाका विभिन्न कृति, बिपी कोइरालाको मोदिआइन, दोषीचस्मालगायत कृतिका साथै अन्य लेखकबाट सङ्ग्रह गरिएका विभिन्न पुस्तक प्रदर्शनीमा राखिएको छ । सो प्रदर्शनीमा विभिन्न कृतिमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
प्रदर्शनीका संयोजक शिव चापागाईंले प्रदर्शनीमा विभिन्न समूहका दर्शक आउने गरेको बताउँदै दैनिक रु १० हजारको बिक्री भएको जानकारी दिनुभयो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका