२६ माघ, काठमाण्डौ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो ।
यसअघि यही पुस २६ देखि माघ १५ गतेसम्म कायम गरिएको प्रदर्शनी ११ दिन थप गरिएको थियो । सो प्रदर्शनी आजसम्म कायम गरिएकोमा अब २० दिन थप गरिएको छ ।
‘समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह’ नामक कृतिमा ‘नेपालको एकीकरण र राष्ट्रिय एकता’ शीर्षकमा जगमान गुरुङ तथा योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दीव्योपदेशका सन्दर्भमा र राष्ट्रिय एकताप्रतिको जनभावना प्रतिविम्बित तत्कालीन साहित्यमा आफ्नो विचार र अनुभव लेख्नुभएको छ ।
पृथ्वीनारायण शाहसँग सम्बन्धित स्मारिका, महाकवि देवकोटाका विभिन्न कृति, बिपी कोइरालाको मोदिआइन, दोषीचस्मालगायत कृतिका साथै अन्य लेखकबाट सङ्ग्रह गरिएका विभिन्न पुस्तक प्रदर्शनीमा राखिएको छ । सो प्रदर्शनीमा विभिन्न कृतिमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
प्रदर्शनीका संयोजक शिव चापागाईंले प्रदर्शनीमा विभिन्न समूहका दर्शक आउने गरेको बताउँदै दैनिक रु १० हजारको बिक्री भएको जानकारी दिनुभयो ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र