अन्नपूर्ण पदमार्गमा बेमौसममा पनि पर्यटकको चहलपहल बढ्याे

माघ – २६ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन ।timthumb (3)

अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै आएको पाइएको छ । तथ्याङ्कअनुसार गत डिसेम्बरमा ६९८ जना विदेशी आएका थिए भने जनवरीमा ३७१ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् ।

अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेबुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयको रुपमा लिइन्छ । गत सेप्टेम्बरदेखि नोभेम्बरसम्म ११ हजार ५०४ जना पर्यटक पदयात्राका लागि आएका थिए ।

अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गरेको बताइन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ ।

मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो समय विभिन्न क्लब, तथा सङ्घसस्थामा आवद्ध भएका समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् ।

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८