फेरी पुरानै अवस्थामा फर्किँदै सिंहदरबार – पुनर्निर्माण गर्न समिति गठन  

काठमाडौँ, २६ माघ – भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काईने भएको छ। सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’लाई परामर्शदाताको रुपमा छनौट गरी सिंहदरबारबारे गरिएको अध्ययन समितिले भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो।purano-singadurbar

उक्त प्रतिवेदनमाथी पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सिंहदरबार नभत्काउने निर्णय गर्दै रेक्ट्रोफिटिङ गर्न कार्यान्वनय समिति गठन गरेको छ।

’सिंहदरबार पुनर्निर्माण कार्य तत्काल प्रारम्भ गर्न कार्यान्वयन उप–समिति गठन गरिएको छ। ’कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको हो,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्राडा गोविन्दराज पोखरेलले भने । समितिमा प्राधिकरण, शहरी विकास मन्त्रालयका सह–सचिव, पुरातत्व विभागका महानिर्देशक, विज्ञहरु रोहित रञ्जीतकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी छन्।

‘यो समितिले सिंहदरबार नभत्काई पुनर्निर्माणका लागि गर्नुपर्ने कामहरु यथाशिघ्र सुरु गर्नेछ,’ पोखरेलले भने । कार्यान्वयन समितिलाई सघाउन सिइओ पोखरेलकै संयोजकत्वमा ३० सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । उक्त समितिले सिंहदरबार पुनर्निर्माणका लागि कार्यान्वयन समितिलाई विज्ञहरुको सुझावको आधारमा रायरसुझाब दिने छ ।

’कार्यान्वयन समिति प्राधिकरण मातहत हुने छ,’ उनले भने, ’सिंहदरबार पुनर्निर्माणका काम नसकिन्जेलसम्म यो समिति सक्रिय रहने छ।’ सहरी विकास मन्त्रालयमार्फत परामर्शदाताले तयार पारेको अध्ययन प्रतिवेदनले रेट्रोफिटिङ गर्न असम्भव रहेको भन्दै सरकारलाई सुझाव प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन माथि प्राधिकरणमा छलफल हुँदा कम्पनीले अध्ययनको क्रममा सिंहदरबार परिसरको माटो–इाटाको समेत परीक्षण नगरी निचोड तयार पारेको आरोप लागेको थियो।

ऐतिहासिक भवन रहेकाले संरक्षण र सम्वद्र्धन गरेर राख्ने निष्कर्षमा प्राधिकरण पुगेको हो । ’समितिले यथाशिघ्र सिंहदरबारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुनर्निर्माणको काम अघि बढाउनेछ,’ बैठकपछि प्राधिकरणद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

सिंहदरबार विक्रम संवत १९६० मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले निजी निवासको रुपमा निर्माण गरेका हुन्। तत्कालिन अवस्थामा उक्त दरबारलाई एसियाकै सबैभन्दा ठूलो मानिन्थ्यो। २००७ सालमा राणा शासनको अन्त्यपछि सिंहदरबारमा प्रधानमन्त्री कार्यालयसहित सरकारका प्रशासनिक भवनको रुपमा सञ्चालनमा ल्याइएको हो

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन