काठमाडौँ, २३ माघ । उपत्यकाका अधिकांश सरकारी अस्पतालका शौचालय फोहोर र दुर्गन्धले छिर्नै सकिँदैन। अस्पतालभित्रका शौचालय सफा नहुँदा बिरामी र कुरुवा सकस खेप्न बाध्य छन्।
वीर र पाटनको मानसिक अस्पतालका शौचालय छिर्नै नसकिने अवस्थामा छन्। ढोकैसम्म दिसापिसाब छरिएको देख्न सकिन्छ। वरपर हिँडदासमेत नाक थुन्नुपर्ने अवस्था छ।
प्रसूति गृह थापाथली र टिचिङ अस्पताल महाराजगन्जका शौचालयको अवस्था पनि उस्तै छ। ती शौचालय प्रयोग गर्नुपर्ला भनेर सकेसम्म शौच नगरी बस्ने गरेको, आपतै पर्दा मात्रै प्रयोग गर्ने केही बिरामी र कुरुवा बताउँछन्।
पाटन अस्पतालमा गत एक महिनादेखि दाजुको उपचार गराउँदै आएका कुरुवा माधव भट्टले भने, ’शौचालयमा कहिल्यै पानी हुँदैन, सफा पनि गरिएको हुँदैन, छिर्नै घिन लाग्छ।’ भित्रको शौचालय प्रयोग गर्नुभन्दा पैसा तिरेर बाहिरको सार्वजनिक शौचालय प्रयोग गरेको उनले बताए।
अर्का कुरुवा ढुन्डीराज नेपालले भने, ‘आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्छु, सकेसम्म पिसाब रोकेरै बस्ने गरेको छु, असाध्यै घिन लाग्छ।’ प्रसूति गृहमा जति फोहोर हुँदा पनि बिरामीले भित्रकै शौचालय प्रयोग गर्न बाध्य भएको बताए ।
’जहाँ गए पनि सरकारी अस्पतालमा यस्तै हो, अब त बानी परिसक्यो,’ प्रसूति गृहमा भेटिएका एक कुरुवाले भने। वीरमा भेटिएका अधिकांश कुरुवाले बाहिरको सार्वजनिक शौचालय प्रयोग गरेको बताए ।
साताको दुईपटक पतिको डायलोसिस गर्न आउने अनामनगरकी रुबी केसीले भनिन्, ‘नाकमुख थुनेर शौचालय छिर्छु, बान्तै होलाजस्तो हुन्छ ।’ यसैबीच अस्पतालभित्रको शौचालय फोहोर भएकै कारण पाटन र टिचिङ परिसरभित्रै छुट्टै सार्वजनिक शौचालय पनि सञ्चानलमा छन् ।
अधिकांश बिरामी कुरुवाले ५ रुपैयाँ तिरेर परिसरभत्रको शौचालय प्रयोग गर्ने बताए। यी शौचालयहरू अस्पतालकै कर्मचारीहरूले चलाएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा। लोचन कार्की सरुवा रोगको प्रमुख स्रोत फोहोर शौचालय हुने बताउँछन् ।
’अस्पतालमा अनेक रोगका बिरामी आउँछन्, उनीहरूको दिसापिसाबबाट स्वस्थ व्यक्तिमा पनि रोग सर्छ,’ उनले भने, – ’अस्पतालको शौचालय फोहोर हुनुलाई सामान्य ढंगबाट लिनु हुँदैन, महामारी फैलिन सक्छ।’
मानसिक अस्पतालका सूचना अधिकृत वासुदेव कार्कीले पाटन क्षेत्रमै पानीको समस्या भएकाले शौचालयमा पानी नभएको बताए। उनले टयांकरको पानी किनेर भए पनि शौचालयमा व्यवस्था गरिने बताए।प्रसूति गृहका निर्देशक अमिरबाबु श्रेष्ठले भने शौचालय प्रयोग गर्नेहरूकै कारण फोहोर भएको बताए।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८