
काठमाण्डौ , निर्बाचनमा निस्चित मत ल्याउनु पर्ने ‘थ्रेसहोल्ड’ को ब्यबस्था नहुँदा संसदमा १ सितमात्र हुने दलहरूको ‘बार्गेनिङ’ बढेको छ । हालको सरकारमा एक–एक सिट भएका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का मन्त्री बनेका छन् ।
गणतन्त्र प्राप्ति पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे दलका नेताहरूले आफ्नो स्वार्थअनुकूल पार्टी विभाजन गर्ने र मन्त्री बन्नेसम्मका घटना पटक–पटक दोहोरिएका छन् ।
राजनीतिक दलसम्बन्धी व्यवस्थामा निर्वाचन आयोगले भनेअनुसार १.५ प्रतिशत मात्र थ्रेसहोल्ड भएको भए पनि २०७० को निर्वाचनमा ११ दलको मात्रै संसदमा प्रतिनिधित्व हुने देखिन्छ । त्यसो हुँदा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, नेकपा माले, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा र सद्भावना पार्टीले मात्रै संसदमा प्रतिनिधित्व पाउने थिए ।
अहिले संसदमा ३१ दलले प्रतिनिधित्व गर्छन् अझ थ्रेसहोल्ड कम्तिमा ३ प्रतिसत हुनुपर्ने माग जनस्तरबाट उठिरहेको छ । थ्रेसहोल्डको चर्चा चल्नासथ साना पार्टीहरु सधै बिरोधमा उत्रने गरेका छन ।२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएयता एकसिटे दलका नेताहरूको मन्त्रिपरिषदमा हालीमुहाली सुरु भएको हो ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त