February 4, 2017

टेलिकमले ल्यायो भारी छुट, बोनस, सस्तो डाटा र इन्टरनेट सेवा

२२ माघ, काठमाडौं । नेपाल टेकिलमले आफ्नो १३ औं वाषिर्क उत्सवका अवसरमा विभिन्न आकर्षक छुट तथा डाटा प्याकेज योजना सार्वजनिक गरेको छ । ntc-offer

टेलिकमले आफ्नो अनलिमिटेड एडिसएसएल सेवामा अहिलेकै शुल्कमा ब्याण्डविथको स्तरोन्नति  (अपग्रेड) गर्ने घोषणा गरेको छ । अब अहिले ग्राहकले तिरिरहेकै शुल्कमा तीव्रगतिको इन्टरनेट पाइनेछ ।

१९२ केबिपिएस गितको एडिएसएलका ग्राहकले अहिलेको ९ सय रुपैयाँका शुल्कमा अब २५६ केबिपिएसको इन्टरनेट पाउनेछन् । यसैगरी ३८४ केबिपिएस गतिको इन्टरनेटका ग्राहकले साविककै १५ सय रुपैयाँ शुल्कमा ५१२ केबिपिएसको इन्टरनेट उपयोग गर्न पाउने भएका छन् ।

अब ५१२ केबिपिएसको इन्टरनेट चलाइरहेका एडिएसएलका ग्राहकले ७३८ केबिपिएसको इन्टरनेट गति प्राप्त गर्नेछन् । फागुन महिनामा ल्याण्डलाइनका ग्राहकले मासिक रेन्टल चार्जमा अतिरिक्त २५ कलको सुविधा पनि पाउनेछन् ।

भोलि आइतबारदेखि फागुन ७ गतेसम्म जिएसएम र सिडिएमए पि्रपेडका सबै रिचार्जमा ३ दिनको भ्यालिडेटी सहित बोनस पनि दिइनेछ । ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र ५ सय १०००को रिचार्जका १५ प्रतिशत बोनस पाइने भएको छ ।

यसैगरी फोरजीका नयाँ सस्क्राइबरले ४ दिनसम्म १० एमबीको डाटा निशुल्क पाउनेछन् । टेलिकमले शनिबारदेखि पोखरा र काठमाडौंमा पि्रपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको छ ।

यसैगरी फेरि सुरु भएको सिआरबिटी सेवामा प्रतिदिन एउटा गीताका दरले १५ दिनसम्म निःशुल्क उपलब्ध गराइनेछ । एउटा गीतको भ्यालिडिटी १० दिन रहनेछ ।

जिएसएम नेटवर्कका ग्राहकले २० रुपैयाँमा ५ दिन भ्यालिडिटी भएको १०० एमबीको डाटा उपलब्ध गराइने भएको छ । अन्य सस्तो डाटा प्याकेजहरु पनि टेलिकमले घोषणा गरेको छ ।

(थप छुट तथा प्याकेज माथिको तस्वीरमा)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक