सिधै एक्सनमा जाने होः एसएसपी ठूले राई

२१ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ठूले राईले अपराधीविरुद्ध आफू सिधै एक्सनमा जाने बताएका छन् ।Thule-Rai-SSP

ठूले राई तीनै प्रहरी अधिकृत हुन्, जसलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले अपहरण गरेको थियो । अपहरणमा पर्दा उनी डीएसपी थिए । तत्कालिन सरकारले माओवादी नेता देव गुरुङलाई जेलबाट छाडेपछि उनी अपहरणमुक्त भएका थिए ।

 

माओवादी नेतृत्वको सरकारकै पालामा हालै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी राईले भने, ‘प्रहरीले योजनामा काम गर्ने होइन, सिधै एक्सनमा जाने हो । तर अपराध अनुसार ।’

पछिल्लो समय ललितपुर लागुऔषध कारोबारीदेखि टोले गुण्डाको आश्रयस्थल बन्न लागेको गुनासो छ । एसएसपी राईले भने अपराध अनुसार कारबाही हुने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘म भर्खर आएको छु । कसले सेल्टर लिएको छ कि छैन हामी खोज्छौं ।’

उनका अनुसार उनी पहिल्यै सूची बनाएर आएका छैनन् । भन्छन्, ‘निगरानी गर्छु । निगरानीबाट सूचना आउँछ । त्यसका आधारमा कार्वाही गर्ने यो शैली हो ।’

उनले अघि भने, ‘यस्तो कारबाही गर्छु उस्तो कारबाही गर्छु भनेर पहिल्यै भन्ने होइन । अपराध अनुसारको सजाय दिने हो । अपराध गर्नेविरुद्ध प्रहरीले कुनै सम्झौता गर्दैन ।’

साथै उनले बोलेर नभई काम गरेर देखाउने बताएका छन् । ‘लागूऔषध कारोबारी होस् या अरु कुनै धन्दा होस् । सबैलाई कानुनको दायरामा ल्याउने मेरो ड्युटी हो । त्यसमा कुनै सम्झौता हुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित